Monday , January 25 2021
Breaking News
Home / मनोरन्जन / ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न

नेपालयटाईम्स काठमाडौँ 

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न
ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न

ईमल इभेन्ट्सले ओमनमा नेपाली राजदुतावास ओमनको सहकार्यमा “परदेशमा घरदेश” कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको सांगितिक प्रस्तुतिको साथै युवा मोटिभेटर बिष्णु दाहालले बिदेशमा आत्महत्या, डिप्रेशन र कुलतबाट बच्न अपनाउन सकिने सकरात्मक उपायको बारेमा चर्चा गर्नुभएको थियो । विदेशी भूमिमा रहनुहुने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिकरूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य, आत्महत्या र कुलतहरूबाट बच्न सहयोग पुर्याउनु कार्यक्रमको उद्देश्य रहेको थियो । गत कात्तिक १ मा ओमानको मस्कटमा रहेको लुलु कम्पनीमा सम्पन कार्यक्रममा सांगितिक प्रस्तुतिका साथै नेपाली राजदुतावासको द्वितीय सचिव सोमेश थापाले शुभकामना ज्ञापन र श्रम सहचारी कृष्णकुमारी गौलीले श्रम कानुन र ओमानको बारेमा प्रकास पार्नु भएको थियो ।

कार्यक्रममा चर्चित अरबिक गायक हैतम रफीको पनि बिशेष उपस्थिति रहेको थियो । हैतम रफिले गत असोज ३ गते नेपाली राजदुतावास ओमनले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको स्वरमा रहेको “जहाँ छन बुद्धका आँखा” बोलको गीत गाएका थिए । दुई ठाउँमा भएको कार्यक्रममा नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली राजदुतावास ओमनको राजदुत महामहिम शर्मिला पराजुली ढकालले चाडको बेलामा परदेशमा घरदेश कार्यक्रमले आफु नेपाली घरमै रहेको जस्तै अनुभव भएको बताउनु भयो ।

आयोजक संस्था ईमल ईभेन्ट्सका अध्यक्ष र “परदेशमा घरदेश” कार्यक्रमका योजनाकार निर्मल ढकालले आफुहरुले यो कार्यक्रम नाम जस्तै परदेशमा घर जोड्न चाहेको र यो संसारभर जहाँ–जहाँ नेपालीहरु छन त्यहाँ–त्यहाँ फरकरुपमा गरिने बताउनुभयो । यसको सुरुवाति अंक ओमनबाट गरेको र अब चाँडै नै अर्को श्रृङ्खला सुरु हुने थप जानकारी गराएका छन्

Check Also

पोखराको न्युरोडमा भीषण आगलागी

पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । पोखरा न्युरोड स्थित भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *