“मिसेस व्यूटी क्वीन नेपाल २०१९” आवेदन फारम खुल्ला काठमाडौं

सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस व्यूटी क्वीन नेपाल २०१९” तेस्रो संकरणको आयोजना गर्ने भएको छ । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ३ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो तस्रो संस्करणको लागि उपत्यकावाट र उपत्यका वाहीर वाट जम्मा ३० प्रतियोगी समावेश गराइने छ ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स,सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण,हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल ,वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट , कल्चरल भिजीट पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।
प्रतियोगिताका विजेताले “मिसेस व्यूटी क्वीन नेपाल २०१९”को उपाधी सहित टिभिएस स्कुटर , इन्डोनेसीयाको वालि भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकट र विभिन्न घरयसी समानहरु टिभि, फ्रिज वासिङ मेसिन आदि उपहारहरु पाउने छन । यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ । आयोजक सिजन मिडिया प्रदिपराज वन्त(प्रवन्ध निर्देशक) सम्पर्कः–०१४२३८४०१ ९८५१०४४८३५,९८०१०४४८३५