Monday , January 25 2021
Breaking News
Home / खेलकुद / दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई

– नेपालयटाईम्स

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई
दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई

 

पर्वतका अनिष थापाले दशौं लिगलिगे दौडको उपाधि हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन्।

थापालाई ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको छ। दौड जितेसँगै अनिषलाई श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गरिएको छ। थापालाई श्रीपेचसहित मोटरमा राखेर पालुङटार नगर परिक्रमा गराई राजा बनाएर आज एक रात लिगलिगकोटमा नै राख्ने कार्यक्रम रहेको छ। भारतीय सेनामा आबद्ध थापाले यस अघि ३ पटकसम्म लिगलिगे दौडको उपाधि जितिसकेका छन्।

एक घण्टा १ मिनेट ८ सेकेण्डमा निर्धारित दूरी पार गरि नेपाली सेनाका खगेन्द्र बहादुर भाट दोस्रो भएका छन्। त्यस्तै एक घण्टा १ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत तेस्रो भए। उनीहरुले क्रमश नगद ३५ र २५ हजारका साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

१६६ जना सहभागी दौडमा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको छ। पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । चेपे र मस्र्याङदी नदीको दोभान चेपेघाटबाट सुरु भएको दौड लिगलिगकोट दरबार पुगेर टुङ्गएिको हो।

महिलातर्फ बड्डाँडाबाट लिगलिगकोट सम्मको ५ कि.मी. दूरीको खुल्ला दौड प्रतियोगिता पनि भएको छ। स्थानीय लिगलिगवासी र छात्रछात्रादेखि ४० वर्षभन्दा माथिका उमेर समूहका लागि पनि छुट्टाछुट्टै प्रतियोगिता दौड भएको थियो । यस वर्ष प्रतियोगिताको पुरस्कार रणसिंह दल गणले उपलब्ध गराएको हो ।

प्रतियोगिताका लागि नगरपालिकाले १३ लाख तथा खेलकुद परिषद र टुरिजम बोर्डको तर्फबाट ५/५ लाख रकम सहयोग प्राप्त भएको थियो । लिगलिगकोटलाई पर्यटकीय थलोको रुपमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्दै आएको लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

Check Also

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै – …

Leave a Reply

Your email address will not be published. Required fields are marked *