Monday , January 25 2021
Breaking News
Home / खेलकुद / गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने

गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने

गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने

– मनोज पराजुली/नेपालयटाईम्स

गोरखाको पर्यटन प्रबर्द्धन गर्न 'लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार' म्याराथन हुने
गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने

गोरखा – गोरखाको पर्यटन प्रबर्द्धन गर्नको लागि ३८ कि.मि. लामो लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार म्याराथन हुने भएको छ। गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा भाद्र २५ गते उक्त म्याराथन हुन लागेको हो ।

“नेपालको उत्पत्तिदेखि जगसम्म” को अवधारणामा भाद्र २५ गते “लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार” गर्न लागिएको गोरखा नगरपालिका राजनराज पन्तले जानकारी दिए । गोरखाको ऐतिहासिक, धार्मिक, संस्कृतिक महत्व बारे जानकारी गराउंदै ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पुर्याउन म्याराथन आयोजना गर्न लागिएको पन्तले जानकारी दिए । गोरखाको वास्तविक अवस्थाबारे भावी पुस्तालाई जानकारी दिंदै अन्तरिक प्रयटन प्रबर्द्धन गर्न सहयोग पुर्याउने उदेश्यले म्याराथन आयोजना गर्न लागिएको उनले बताए ।

यस वर्षबाट शुरु गर्न लागिएको म्याराथान्लाई हरेक वर्ष निरन्तरता दिने पन्तले बताए। साथै गोरखा नगरपालिकाले ‘गोरखा जाउँ’ अभियान नै संचालन गर्न लागिएको उनले जानकारी दिए ।

पालुङ्गटार नगरपालिका वडा नं. २, लिगलिगकोट शुरु भई गोरखा नगरपालिका वडा नं ६, गोरखा दरवारमा पुगेर दौड अन्त्य हुने जनाइएको छ। सिरानचोक गाउपालिका वडा नं. ५, चित्रेपोखरीलाई टर्निङ प्वाइन्ट बनाइएको छ । दौडका लागि दर्ता शुल्क २ सय तोकिएको छ ।

म्याराथनमा प्रथम हुनेलाई १ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख र तेश्रो हुनेलाई ७५ हजारका साथै मेडल र प्रमाणपत्र दिइने जनाईएको छ। त्यस्तैगरि दौडमा चौंथो देखि दशौँसम्म हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। चौथो, पाँचौ, छैटौ, सातौँ, आठौ, नवौ र दशौँ हुनेलाई क्रमश ५०,०००, ३५,०००, ३०,०००,:२५,०००, २०,०००, १५,०००, १०,००० र मेडल तथा प्रमाणपत्र दिइने छ।

भदौ १ अर्थात आजबाट नै दरखास्त आवेदन खुल्ला गरिएको छ, भने दरखास्त दिने अन्तिम मिति भदौ २३ गते रहेको छ । भदौ २४ गतेसम्म सहभागी खेलाडीहरु लिगलिगकोट आइपुग्ने छ भने २५ गते विहान ६ बजेदेखि दौड संचालन हुने जनाइएको छ। २५ गते नै समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । सम्पर्क कार्यालयको रुपमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेना रहेको छ ।

Check Also

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै – …

Leave a Reply

Your email address will not be published. Required fields are marked *