संयोजकलाई भेट्न गएका व्यवसायी निराश बनेर फर्कदै, सफल होला त भ्रमण बर्ष !
– नेपालयटाईम्स

‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन केहि महिना मात्र बाँकि छ । तर भ्रमण वर्षलाई सफल पार्न के कस्ता काम गर्न सकिन्छ ? तथा आफ्नो भुमिका के हुने भन्दै कार्ययोजना सहित पर्यटन व्यवसायी नेपाल भ्रमण वर्षको सचिवालयमा दिनहुँ जसो जाने गर्दछन् तर निरास भएर फर्कने गर्नछन् । सचिवालयमा न त भ्रमण वर्षका संयोजक सुरज वैद्य हुन्छन् न त आगन्तुकसँग कस्ले कुरा सुनिदिने भनि कुनै कर्मचारी तोकिएको छ ।
सरकारले २०७५७६ को नीति तथा कार्यक्रममा ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गदै अटोमोबाईल्स व्यवसायी सुरज वैद्यलाई भ्रमण वर्ष २०२० अभियानको राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरे सँगै कतिपय व्यबसायीले त्यतिबेलै असन्तुष्टि वनाएका थिए । कार्यगत ज्ञान नभएर हो अथवा अन्य कारण संयोजक बैद्य पर्यटन व्यवसायीहरुले भेट्न खोज्दा भेटिदैनन् ।
भ्रमण वर्षलाई सफल बनाउन के कस्ता काम गर्न सकिन्छ के कसरी गर्न सकिन्छ भनि होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश तीन का अध्यक्ष सन्तोष उप्रेति सहितको टोली आईतबार वैद्यलाई भेट्न सचिवालयको कार्यलय केशरमहल पुगे तर वैद्यलाई नदेखे पछि उप सचिव निलम न्यौपाने मार्फत फोन गर्न लगाए । उप सचिवको फोन पनि नउठे पछि एक जना कर्मचारिले तपाईहरुका मागहरु छोड्नुहोस उपयुक्त लागे मात्र वैद्य सरले भेट्ने भने जवाफ पछि संघको टोलि निराश भई घर फर्किन बाध्य भयो ।
एका तिर भ्रमण वर्षको समय नजिकिदै छ भने संयोजकले व्यवसायीहरु संग हातेमालो गरेर जानुको साटो भेट्न पनि नचाहानुले भ्रमण वर्ष सफल हुनेमा शंका उत्पन्न गराएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष सन्तोष सन्तोष उप्रेति ले बताए । उनले प्रदेश तीन का १३ जिल्लामा ३० हजार होटल रहेको र भ्रमण वर्षलाई सफल बनाउन केहि हदसम्म सहयोग पुग्ने भनि जानकारी गराउन वैद्यलाई भेटन् आएको बताउदै भेट नहुदा आफुहरु निराश भएको बताए ।
उनि जस्तै सयौ व्यवसायीहरु दिनहुँ जस्तो भ्रमण वर्ष सचिवालयमा आउने गरे पनि वैद्यलगाएतका सम्वन्धीत व्यक्तिहरु सचिवालयमा नहुँदा भ्रमण वर्षले गति लिन सकेको छैन ।
कुराकानीको क्रममा उप सचिव निलम न्यौपानेले भने सचिवालयमा अहिलेको अवस्थामा कस्ले को सँग कुनकुन बिषयमा कुरा गर्ने पनि फोकल पर्सन नतोकिएकोले यस्तो समस्या आएको बताए ।