Sunday , April 11 2021
Breaking News
Home / Features News / ‘रविन्द्र अधिकारी’ पर्यटन पुरस्कार टानद्वारा सुरुवात

‘रविन्द्र अधिकारी’ पर्यटन पुरस्कार टानद्वारा सुरुवात

‘रविन्द्र अधिकारी’ पर्यटन पुरस्कार टानद्वारा सुरुवात
– नेपालयटाईम्स
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको नाममा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले ६० हजार रासीको पुरस्कार स्थापना गरेको छ।

‘रविन्द्र अधिकारी’ पर्यटन पुरस्कार टानद्वारा सुरुवात
‘रविन्द्र अधिकारी’ पर्यटन पुरस्कार टानद्वारा सुरुवात

पर्यटन क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्धेश्यले टानले पुरस्कार स्थापना गरेको महासचिव आङपेम्बा शेर्पाले बताए । पर्यटन क्षेत्रको सुधारमा योगदान र्पुयाउदै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लागि परेका टानले जनाएको छ । मन्त्री अधिकारीको २०७५ साल फाल्गुण १५ गते ताप्लेजुङको पाथीभरा नजिक हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । टानले आउने साधारणसभादेखि पुरस्कार वितरण गर्ने भएको छ ।

टानले स्थापना गरेकोमध्ये अधिकारीको नाममा स्थापना गरिएको पुरस्कार सबैभन्दा ठुलो रासीको पुरस्कार हो । टानमा हाल २५ हजार रासीको दुई जनालाई टान पत्रकारिता पुरस्कार, ५० हजार रासीको टान डा. हर्क गुरुङ पुरस्कार, ५० हजार रासीकै टान पासाङ ल्हामु पुुरस्कार र १५ हजार रासीको टान पेम्बा डोमा पुरस्कार रहेका छन्। पर्यटन व्यवसायीहरुको छाता संस्था रहेकाले टानले उच्च योगदान र्पुयाउने व्यक्तिलाई यि पुरस्कारबाट सम्मान गर्दै आएको छ ।

Check Also

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक -रासस/नेपालयटाईम्स गलकोट – केही दिनअघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासङ्घ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *