– जय पाठक (जे.पी.)
चितवन । भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियनको अध्यक्षमा ई. चन्द्रमणि बस्याल विजयी हुनु भएको छ । भरतपुरमा भएको ७ औ अधिवेशनले बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।युनियनको उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा , सचिवमा शिव प्रसाद बसेल , कोषाध्यक्षमा बिद्या शर्मा र सह-सचिवमा प्रज्वल श्रेष्ठ विजयी भएका छन् । यसैगरी सदस्यहरुमा अस्मिता ज्ञवाली, सर्मिला ढकाल, बुधलाल गुरूङ र राजनबाबु तिवारी विजयी भएका छन् । भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियन अस्पतालमा कार्यरत कर्मचारीहरूकाे हकहितको लागि काम गर्दै आएको साझा संस्था हाे ।