नेपालयटाईम्स
काठमाडौं – नेपाली सेनाले कूचीकारदेखि प्राविधिक सुवेदारम्मका पदमा २३ सय ११ कर्मचारी माग गरेको छ । लेखा, सैन्य, सैन्य ड्राइभर, चर्मकर्मी, सूचीकार, लोहकार, केशकर्तक, माली तथा सिकर्मी पदका लागि कर्मचारी माग गरेको हो ।
ति मध्ये कूचीकार, चकर्मी, सूचीकार, लोहकार, केशकर्तक, माली तथा सिकर्मी पदका लागि साधारण लेखपढ गर्न सक्ने भए पुग्नेछ । यी सबै पदहरुमा महिला, आदिबासी तथा जनजाति, मधेसी, दलित तथा पिछडिएका क्षेत्रका लागि आरक्षण गरिएको छ ।
महिला प्राविधिक सुवेदारका लागि पिसिएल नर्सिङ पास, लेखाका लागि प्लस टु उत्तिर्ण, अमल्दार कर्मचारीका लागि एसएलसी वा सो सरह, ड्राइभर तथा सैन्य बाध्य बादनका लागि कक्षा ८ उत्र्तिण भएकाले आवेदन दिन सक्नेछन् ।
जेठ ३० गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने असार ६ गतेसम्म आवेदन दिन पाइनेछ ।