Sunday , April 11 2021
Breaking News
Home / पर्यटन / प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक

प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक

प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक

काठमाडौँ – प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी उद्योग, पर्यटन, वन तथा वातावरणद्धारा निर्माण गरिएको ब्राण्ड चिन्ह प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक गरेका हुन् ।

प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक

प्रदेशका पर्यटन विकास आयोजना प्रमुख राजु क्षेत्रीले दिएको जानकारी अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आव ०७५÷७६ को स्वीकृत कार्यक्रममा प्रदेश नं. ३ को पर्यटन ब्रान्ड तयार गर्ने योजना अनुसार ब्रान्ड तयार गरिएको हो ।

यस कै लागि भनेर गठन गरिएकोे पर्यटन ब्रान्ड नाम सिफारिस तथा छनोट समितिले चैत १५ गते सातवटा ब्रान्ड नाम छनोट समितिलाई सिफारिस गरिएको थियो । यसमध्ये क्राफ्टेड हेभन इन नेपालका मनिष रोकायले ‘गन्तव्य ः स्वर्ग काल्पनिक हो प्रदेश नंंं. वास्तविक हो’ भन्ने ब्रान्ड पहिलो प्राथमिकतामा परेको पर्यटन विकास आयोजना प्रमुख क्षेत्रीको भनाइ छ ।
छनोट भएको उत्कृष्ट एक ब्रान्डलाई एक लाख पुरस्कार मन्त्रालयले व्यवस्था गरेको थियो ।

मन्दिर, गुम्बा, प्राकृतिक दृश्य, सहित गैंडा समेटिएको उक्त लोगो आगमी दिनमा प्रदेश ३ को पर्यटनको परिचायक बन्नेछ ।

यसै कार्यक्रममा जुगल हिमशृङ्खलाको ग्याल्जेन पिकका प्रथम आरोहीलाई प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सम्मान गरेको थियो ।

प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक

विसं २०७५ चैत १५ गते काठमाडौँबाट आरोही माया गुरुङको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको सो टोलीले २०७५ चैत २६ गते बिहान ११ बजे सो पिकको चुचुरोमा पाइला राख्न सफल भएको थियो । सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ मा अवस्थित ६ हजार ५३५ मिटर अग्लो सो पिकमा सन् १९३० मा अमेरिकी आरोही टोलीले गरेको आरोहणको प्रयास असफल भएको थियो । सगरमाथाको सफल आरोहण गरिसकेका आरोही गुरुङसहित उक्त आरोहण टोलीमा टुलसिंह गुरुङ, शर्मिला थापा, मीनबहादुर लामा, समीर गुरुङलगायत रहेका थिए ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सो टोलीलाई सम्मान गरेका हुन् । उनले प्रदेश ३ लाई पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले जोड दिएको बताए ।

VIDEO

Check Also

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक -रासस/नेपालयटाईम्स गलकोट – केही दिनअघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासङ्घ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *