
सामा चकेवा पर्व सम्पन्न चेली र माइतिबिच रहेको अटुट प्रेमको प्रतिकको रुपमा पुर्बी तराईमा मनाइने सामा चकेवा पर्व विभिन्न सास्कृतिक कार्यक्रम गरि मनाइएको छ । थारु कल्याणकारीणि सभा गाउँ इकाई समिति सिंगिया , सुनसरीले बिहीवार सास्कृतिक कार्यक्रम गरि सामा चकेवा मनायो। “द्रापरयुगमा भगवान श्री कृष्ण चुडकको कुरा सुनी छोरी साम्बालाइ श्राप दिएपछि छोरी साम्बा पन्छी भएकी र साम्बा र उनका पति चारुवाकलाइ पन्छी योनिबाट छुटकारा दिलाउन माइती साम्बले बज्र क्षेत्रका साध्विहरुलाइ कार्तिक शुक्ल पन्चमी देखि कार्तिक शुक्ल पुर्णिामा सम्म ११ दिन गोपेश्वर मन्दिर परिसरमा गित गाइ र नृत्य गरि साम्बाका जोडिलाइ पन्छियोनिबाट मुक्त बनाएको र त्यसबेला देखिनै सामा चकेवा शुरु भएको” थारु कल्याणकारीणि सभा सुनसरीका पुर्ब सचिब मनोज चौधरीले भताउनु भयो। बासको चोयाबाट निर्मात डालोमा विभिन्न पात्रहरु( सामा,चकेवा, चुगला,बृद्धबन)को मुर्ति बनाएर हासो ठट्टा गर्दै गीत गाएर नाच्दै मनोरञ्जन गरेर मनाइने यो चाड थारु समुदायको महत्वपूर्ण चाड हो ।
One comment
Pingback: Ten Important Festivals of Tharu Community: Rich in Culture » Nepalaya Times