Monday , January 25 2021
Breaking News
Home / पर्यटन / पर्यटनको पर्खाइमा माछापुच्छ्रे पैदलमार्ग

पर्यटनको पर्खाइमा माछापुच्छ्रे पैदलमार्ग

नेपालयटाईम्स/मेघनाथ अधिकारी, कास्की

कास्की पोखरा बाट ६ दिन मा पुरा गर्न सकिने यो माछापुच्छ्रे पैदलमार्ग हाल पर्यटकको पाईला हेररिहेको छ । पोखराबाट नजिकै रहेपनि यहाँ जाने पर्यटकको संख्या न्युन रहने गरेको छ । पोखरा बाट सैतिघत्त सम्म जिप यात्रा पछि २ घन्टाको पैदल हिडिसकेपछिा भन्ने ठाउमा पहिलो दिनको बास हुन्छ जहाँ माछापुच्छ्रे र अन्नपूर्ण, हिमाल मर्दी र सेती नदिको कल कल आवज सगै राति को खाना पछि सास्कृतिक नाच हेर्न पाईने छ । दोस्रो दिन प्रकृतिको काख मा खेल्दै मेर्बुन खर्क, आलङे छ्हरा, नौ ढोके गुफा हेर्दै मेतापुरुन खर्क सम्म् को २÷३ण्घन्टा को यात्रा पछी बिहान को खाना र लालिगुरास को बन मा २ घन्टाको बाटो हिडेपछि मेश्रुम खर्क को बास हुनपुग्छ ।

रातिमा पोखरा शहरको दृश्य र माछापुच्छ्रे हिमाल को समिप्यमा रमाउदै बिहान को खाजा पछि को तेस्रो दिनको यात्रा कोर्चोन खर्क तर्फको हुनेछ जहाँ बाट पोखरा शहरको दृश्य ,सुर्योदय को दृश्य माछापुच्छ्रे हिमाल ,अन्नपूर्ण हिमाल, धौलागिरी हिमाल, निलगिरी हिमाल लमजुङ हिमाल को दृश्य प्रष्ट देख्न पाइनेछ भने त्यो दिन को बास कोर्जन खर्कमा हुनपुग्छ ।

भोलीपल्ट ठुलो बुकेनी भन्ने ठाँउ सम्म को पैदल यात्रा पछी माछापुच्छ्रे को काख मा रमाउदै पुन कोर्जन खर्क मा वास बस्ने र भोली पल्ट पाँचौ दिन पुन मेश्रुम खर्क, मेतपुरुन कल्थामा बास बसि छैटौं दिनको दिन मा पोखरा हुदै आफ्नो गन्तब्य मा पुग्न सकिन्छ साथै कोर्जन बाट फर्कन चाहनेले चार दिन मा नै पुरा गर्न सक्ने छन जुन यात्रा ८२७ मि.बाट सुरु भएर ३६९० मि.कोर्चोन र ४१०० मि.ठुलो बुकेनी मा समापन गर्न सकिन्छ मर्दी हिमाल आरोहण गर्न चाहाने हरु पनि यहीँ बाटो भएर जान सकिन्छ

Check Also

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै – …

Leave a Reply

Your email address will not be published. Required fields are marked *