Monday , January 25 2021
Breaking News
Home / पर्यटन / कर्णाली प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्र मुख्य विकल्प : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्र मुख्य विकल्प : मुख्यमन्त्री शाही

श्रावण ९,सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्र मुख्य विकल्प भएको बताएका छन् । नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले पर्यटनको विकासका लागि सरोकारवाला निकाय संग सहकार्य गरेर जान तयार रहेको बताए ।

अन्तरक्रियामा कर्णाली वन वातावरण उद्योग पर्यटन मन्त्री नन्दसिङ्ग बुढाले सरकारले पर्यटनलाई प्राथमिकता राखेको भन्दै यहाँका नागरिकको जिवनस्तर माथि उठाउनका लागि ग्रामिण पर्यटनलाई जोड दिनुपर्ने बताए । मन्त्री बुढाले कर्णाली रारा पर्यटन वर्ष सफल पार्नु कर्णाली सरकारको अहिलेको पहिलो प्राथमिकता भएको भन्दै पर्यटन र उद्योग संगसंगै जोडेर लैजाने बताए ।
नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्माले कर्णालीमा प्रशस्त पर्यटकीय सम्भावना रहेको भन्दै प्रदेश सरकार र स्थानीय सरकार सहकार्य गरेर जानुपर्ने बताए ।

अन्तरक्रियामा हरीहर न्यौपानेले कर्णालीमा विभिन्न साहसिक खेल, घोडा सवारी, जल यात्रा, प्यारागलाडिङ, धार्मिक तथा साँस्कृतिक पर्यटन तथा पदमार्गको सम्भावना रहेको कार्यपत्र प्रस्तुत गरेका छन् । उनले कर्णालीमा अहिले सम्म ९२ वटा पर्यटकीय क्षेत्र पहिचान भएको भन्दै अब नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रमलाई समापन गर्दै नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेशका अध्यक्ष अशोककुमार सिंहले जसरी स्वास्थ्यमा विभिन्न रोगका चिकित्सक हुन्छन् त्यसरी नै पत्रकारहरुले पत्रकारिता क्षेत्रमा कलम चलाउनुपर्ने बताए ।

स्रोत ः धमाका अनलाईन

Check Also

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै – …

Leave a Reply

Your email address will not be published. Required fields are marked *