Sunday , February 28 2021
Breaking News
Home / शिक्षा / प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै
– नेपालयटाईम्स

प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै
प्रो. मियाको १३ बर्षे कतार अध्यायन र अनुभव ‘मैले देखेको कतार’ पुस्तकको रुपमा आउदै

काठमाडौं – कतारमा करिब १३ वर्ष भन्दा बढी समय बिताएका प्राध्यापक मोहम्मद रमजान अलि मियाले आफ्नो अध्यायन अनुसन्धान र अनुभवका आधारमा संस्मरणात्मक पुस्तक ‘मैले देखेको कतार’ नेपाली सहित्य बजारमा प्रकाशित गर्ने भएका हुन् ।

पुस्तकका वारेमा जानकारी दिन राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले क्षेत्रफलका दृष्टिले सानो मुलुक भएपनि कतार आर्थिक तथा कुटनीतिक दृष्टिले महत्वपूर्ण रहेको बताए । प्राध्यापक मियाले कतार नेपालको आर्थिक, भौतिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्न तयार रहेपनि नेपालमा रहेको नीतिगत अस्थिरताका कारण त्यसले मूर्त रुप पाउन नसकेको बताएका छन् ।

हाल साढे तीन लाख नेपाली कार्यरत रहेको र भविश्यमा पनि लाखौ नेपाली रोजगारीका लागि जाने उक्त मुलुकसँग सुमधुर सम्वन्ध राखि लाभ लिने विषयमा नेपाल सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ ।

पछिल्लो अवस्थाका कतार निर्माणमा नेपालीहरु ठूलो योगदान रहेको भन्दै उनले नेपालबाट हुने उच्चस्तरीय भ्रमणका बेला कतारका नरेशले नेपालीहरुले गरेको योगादनकोे खुलेर प्रशंसा गर्ने गरेको उल्लेख गरेका छन् । नेपाली नागरिक इमान्दार, सोझा र मिहेनेती भनेर प्रशंसा गर्ने गरेकोले कतार नेपाल र नेपालीका पक्षमा रहेको रहेको आफुलाई अनुभुत भएको उनले टिप्पणी गरे ।

प्रकाशोन्मुख कृति ‘मैले देखेको कतारमा’ लेखक मियाले आर्थिक सम्वृद्धिसँगै कतारले धर्म र संस्कृतिलाई उच्चसम्मानका साथ आत्मसात गर्ने गरेको प्रगति सिंगो अरब जगतका लागि अनुकरणीय रहेको बताए ।

नेपाल कतार सम्बन्ध, सम्भाव्यता र कतारमा नेपाली जीवनको बारेमा गहन अध्यायन गरिएको पुस्तकमा आफूले सन् १९७१ मा स्वतन्त्र हुनुअघि र पछिको कतार, पूर्ण राजतन्त्र रहेको उक्त मुलुक प्राचीनकालमा मोतिको उत्खनन र व्यापारबाट कसरी प्रसिद्ध भयो ? अहिले तेल तथा ग्यासको निर्यातबाट कसरी लाभ हासिल गरिरहेको छ ? सन् २०२२ को विश्वकप फुटबलको सफलतापछि कतारको पहिचान कहाँ पुग्दैछ ? भन्ने विविध पक्षहरुलाई समेटेको बताए ।

विगतमा कतारस्थित नेपाली दूतावास अपेक्षित प्रभावकारी नभएको, दूतावास लामो समय राजदूतविहीन भएकोजस्ता पक्षदेखि स्वतन्त्रता अघि चर्को भोकमरी सामना गरेको कतारले यस पटकको विश्व्यापी कोरोना महामारीका क्रममा ८० देशलाई गरेको सहयोग, तीन वर्ष यताको छिमेकीले गरेको नाकाबन्दी, हवाई उड्डयनको विकास, कतारी उँट र अरेवियन घोडा आदिवारे खोज अनुसन्धान र भोगाइको समष्टिका रुपमा पुस्तक पाठक समक्ष आउने उनले जानकारी दिए ।

घोष्ट राईटिङ नेपालले प्रकाशन गर्ने जिम्मा लिएको पुस्तक केही समयपछि पाठक समक्ष आउने लेखक मियाले जानकारी दिए । कतारमा भएका पछिल्ला घटनाक्रमका कारण पुस्तक लेखन तथा सम्पादनमा समय लागेको पनि उनले बताए ।

कार्यक्रमको सभापतित्व आसनमा रहेका घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले कसैको पनि कृतिले उसलाई अमर बनाउने बताए

 

READ THESE ALSO . . . . . . . . 

Best Trekking Season In Nepal: Visit Nepal Year 2020

Rara National Park: Best Trekking Zone of Nepal

Tsum Valley Trekking Known as a Sacred Pilgrimage Valley

Mardi Himal Trekking: Right Destination for Festive Holiday

Pattale Higher than Everest: Best Himalayan Tours

Check Also

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक -रासस/नेपालयटाईम्स गलकोट – केही दिनअघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासङ्घ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *