Tuesday , December 1 2020
Breaking News
Home / बिचार / कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ

कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ

कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ ।।
जीवन श्रेष्ठ नेपालयटाईम्स

कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ
कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ

विश्वलाइृ आक्रान्त बनाई रहेको नोबल कोरोना भाईरसले नेपाल र नेपालीलाई समेत पिडा दिईरहेको छ । यो रिपोर्ट तयार पार्दा सम्म नेपालमा कुल ९० हजार ९ सय १४ जना संक्रमितको संख्या पुगेको छ भने ५६३ जना नेपालीले यही भाईरसको कारण आफ्नो ज्यान गुमाईसकेका छन् । संक्रमित मध्ये ६७ हजार ५ सय ४२ जनाले यस संक्रमणलाई परास्त गरिसकेका छन् । कतिपय मानिसले यस भाईरसलाई सामान्य रुपमा लिने तथा हाउगुजी समेत भन्ने गरेका छन् तर यर्थाथमा त्यो होईन किनकि यो पिडा भोग्नेलाई मात्र थाहा हुन्छ ।

जीवन को अर्को नाम नै खुसि र संघर्ष हो । मानिस भएर जन्म लिए पछि यो दुवै को अनुभूति लिनै पर्छ । अहिले यो शताब्दिकै बिल्कुल नयाँ भाइरस ले सारा संसार नै आक्रान्त पारेको अवस्था छ, र म पनि यो बाट अछुतो थिइन तथापि यो भाइरसले हामीलाई पनि समाउँला भन्ने लागेको थिएन, किनकि हामी सचेत थियौं र सबै निर्धारित सरकारी निर्देशिका पालन गरेका थियौं माक्स लगाए कै थियौं, भिडमा गएका पनि थिएनौ, आवश्यक मात्रमा साबुन पानी अथवा स्यानिटाईजर प्रयोग गरी रहेका पनि थियौं तर

कुरा सुरु गरौ मेरी स्वास्थ्यकर्मी श्रमती बाट, उनि शहिद गंगलाल अस्पतालको जागिरे । सधै जस्तै गङ्गालाल हस्पिटलको डिउटी सकेर उनी घर फर्किन, १२ घण्टासम्म पि. पि. इ. लगाएर भोक प्यास नभनी , डिउटी सकेर घर फर्किदा उनि प्राय थकित नै हुन्थिन् । त्यति लामो समय सम्म पि. पि. इ. लगाउनु नै कती पिडादायक हुन्छ, त्यस माथि सि. सि. इ उ. को डिउटी र घर पुगे पछाडी १९ महिने छोरी लाई पनि हेर्नु पर्ने दोहारो दायित्व । यसरि नै दिन बित्दै थियो, लकडाउन को बेला पनि निरन्तर काम मा खटिने मेरो श्रीमती, मैले धेरै पटक राजिनामा देउ भन्दा नि उल्टै मलाई यदी सबै स्वास्थ्यकर्मीले डराएर काम छोड्ने हो भने, एक दिन यो भाईरस हाम्रो घरसम्म आउने छ, त्यो बेला के गर्ने भन्ने उस्को प्रश्नले म चुप हुने गर्दथ्ये तैपनी मनमा डर भने रहने नै भयो ।

डर नहोस पनि कसरी, घरमा बृद्ध हुनु भएका बुवाआमा, फेरी मधुमेह, उच्च रक्तचाप जस्तो दिर्घ रोग बोकेर बस्नु भएको छ, साथसाथै मेरो १९ महिनाको सानी छोरी, मेरी मुटु को टुक्रा । दैनिकी यसरी नै चल्दै थियो, श्रावन २५ को दिन, उस्लाई घर आएपछी अलि गाह्रो भयो, जिउ दुख्ने, टाउको दुख्ने, घाटीमा समेत समस्या आएपछि उनि छुट्टै कोठामा आराम गरिन । मेरो मनमा भने चिसो पसिसकेको थियो, र भोलीपल्ट गङ्गालालमा नै कोभिड टेस्ट गरियो । २ दिन सम्म रिपोर्ट आएन र पछी मैले अनदाज गरे जस्तै, उनिमा कोभिड पोजेटिभ देखियो ।

उनिलाई पोजेटिभ देखिएपछि आईसोलेसन मा बसिन्, त्यहि दिन हामी सबैको हत्तार हतार अस्पतालमा स्वाब टेस्ट को लागी स्याम्पल दियौ । हामी परिवारको अन्य सदस्यहरु सबै को रिपोर्ट नेगेटिभ आयो । तर आमाको रिपोर्ट आउन सकेन, धेरै पटक फोन गर्दा नि रिपोर्ट शंकास्पद भन्ने कुरा आयो र आखिरमा, जे नसोचेको त्यही भयो मेरी आमाको पनि पोजेटिभ रिपोर्ट देखियो । म यो बेला रुन मात्रै सकिन । तर पनि आफ्नो मनमुटुलाई दह्रो पारेर आमा लाई सम्झाइ बुझाइ गरेर छुट्टै कोठामा राख्यौं ।

म र मेरो ठुलि छोरी (मेरी भतिजी) भएर आमा, मेरी छोरी र मेरो बुवा लाई हेर्ने चुनौती त थिदै थियो, आमालाई पनि मेरी श्रीमती लाई पोजेटिभ देखेकै दिन अगाडी देखी एक्कासी जोरो, जिउ दुख्ने, कम्जोरी भएको थियो । यो बेला मेरो धरातल नै हल्लिएको थियो । तेही पनि आमालाई १० दिन सम्म उचित खुराक्, पानी, प्रसस्थ भिटामिन दिएर राखेको थियौं । त्यो संगै ज्वरो र रगतमा अक्सिजनको मात्र हेर्न सिकाएर २ (२ घन्टा मा मोनिटर गरी रहेको थिए । १० दिन सम्ममा आमा लाई अलि कम्जोरी, थकान र खाना नरुच्ने बाहेक जोरो, खोकी तेस्तो केहि थिएन ।

यहि अवस्था चलिरहदा अब चाही आमा ठीक हुने अवस्थामा हुनुन्छ भन्नेमा बिश्वास हुँदै थियो । तर सोचे जस्तो भएन बुवाको मुख हेर्ने दिन बेलुकी पख रगतमा अक्सिजन को मात्रा कम हुँदै गयो । आमालाई केहि अप्ठ्यरो महसुस नभए नि अक्सिमिटरको रिपोर्ट राम्रो थिएन । (९० भन्दा कम हुन थाले पछि सतर्क हुनै पर्छ । यो अवस्थामा म कुनै खतरा लिन सक्दिन थिए र श्रीमती लाई सबै अवस्था भने साथै आमा लाई हेर्नु हुने डक्टर को परामर्शमा, मैले अस्पताल खोज्नु पर्ने भयो र म त्यस तर्फ लागे ।

तर, कुनै पनि अस्पतालमा बेड खाली पाउन सकिन, मेरो संजालमा भएका डाक्टर देखी सबै लाई कुरा गर्दा नि एउटा बेड पाउन सकिएन र अन्ततःः एउटा आईसोलेसन बेड स्टार अस्पतालमा मिलाउन सम्भव भयो । (त्यस गुनको लागी म सधै स्टर अस्पताल प्रती आभारी हुनेछु ।) र मेरो दाई (काका को छोरा) को साथमा भएर आमालाई अस्पताल पुरायौ ।

आईसोलेसनमा राख्ने बित्तिकै अक्सिजन मास्क लगाएपछि आमाको अक्सिजन लेबल ९५ माथि पुगेको देखे पछि। सबै दर्ता प्रक्रिया गरेर हामी घर फर्कियौ निषेधाज्ञको बाबजुत पनि घर पुग्दा ३ बजेको थियो । आमालाई लिएर गएपछि म पनि घरमा आईसोलेसनमा बस्नु पर्ने भयो, मेरी सानी छोरी र बुवा लाई मेरी ठुलो छोरी ले नै हेर्ने गरी म छुट्टै बसे ।

यती बेला मेरो अवस्था कस्तो थियो होला, त्यो मलाई मात्रै थाहा छ, पिडा भोग्नेले मात्र अनभुत गर्न सक्छ । एक तिर श्रीमती गङ्गालालमा, अर्को तिर आमालाई छोडेर आएको र छोरीलाई पनि छुन नमिल्ने र त्यो दिन मेरो जिन्दगीको कालो दिन नै हुन पुग्यो किनकि मेरो संसार देखाउनु हुने मेरी आमा, संगै जिउन सिकाउने मेरी श्रीमती र मेरो बाच्ने आधार मेरी सानी छोरीसंग छुटिएर बस्नु परेको थियो, आफुलाई सम्हाल्न धेरै गाह्रो भएको थियो ।

आखा झिमिक्कै नगरि बिहान भयो र आमा लाई फोन गर्दा ठिकै भएको सुन्दाको खुसी अर्कै थियो । तर अस्पताल लगेको भोलीपल्ट अक्सिजन धेरै चाहिने भएकोले सघन उपचार कक्षमा राख्नुपर्ने हुनसक्ने भनेर डाक्टरले मलाई फोन गर्नु भयो र तुरुन्त म गएर सहमती पत्र मा छाप लगाएर आए । त्यसै दिन देखि सदन उपचार कक्षमा राखी आमाको उपचार अगाडी बढ्यो ।

तेस्रो दिन देखि , डाक्टरको राम्रो उपचार तथा समयमा नै सुरु भएकोले आमाको स्वास्थ्यमा क्रमिक सुधार हुदै गयो । घरको उचित व्यवस्थापन गरेर आमालाई हौसला दिनलाई हरेक दिन फोन गर्थे , डाक्टरको उपचार एकातिर, आफ्नो परिवार र आफन्त को माया र हौसला अर्को तिर हुनु जरुरि नै हुन्छ ।

पाचौ दिन सम्म सघन उपचार कक्षमा उपचार गराए पछि पनि, प्लाज्मा थेरापी को लागि आवश्यक परेको खण्ड मा २ जनालाई तयारी अवस्थामा राखे । साथ् साथै रेम्डेसिबिर नामक औषधी पनि डाक्टर को परामर्श मा सुरु भयो आमाको लागि ।

सातौ दिन मा आमाको स्वास्थ्यमा राम्रो सुधार पनि भएको र पि.सि.आर. टेस्ट पनि नेगेटिभ आइसकेकोले , आमा लाई क्याबिनमा सार्ने कुरा भयो । यो समाचारले मन धेरै नै शान्त भएको थियो, तर मान्छेको खुसि धेरै समय नटिक्ने रहेछ । छोरीको पुनः टेस्ट को रिपोर्ट पोजेटिभ आयो, अर्को चुनौती मेरो अगाडी ठिङ्ग उभियो ।

त्यसपछि, मेरो श्रीमतीलाई घर ल्याउनु बाहेक विकल्प थिएन र उसलाई घर ल्याएर आमा छोरि लाई संगै राखे. मेरो परिवारबाट मेरो दाइ र भाउजु आउने जिद्धी गरिराख्नु भएको थियो तर सबै संक्रमित बनाउने खतरा म कहाँ लिन चाहन्थ्ये र !! त्यसैले श्रीमती र छोरीलाई अर्को फ्लाटमा अलक्कै राखे, र बुवा लाई र ठुलो छोरि लाइ पनि अलग गरे । त्यसको अर्को दिन म र मेरो भतिजी को टेस्ट गर्न फेरी स्याम्पल दियौ । भोलि पल्ट रिपोर्ट आयो पोजेटिभ तर मेरो भने त्यस दिन रिपोर्ट आउन सकेन । अर्को समस्या खडा भयो आमा अस्पतालमा, श्रीमती र छोरी एउटा फ्लाटमा, भतिजी अर्कोमा, बुबा अर्कोमा र सबै लाई व्यवस्थापन गर्ने जिम्मा मेरो ।।

मन ससंकित भई नै रहेको थियो, तर भाग्यबस मेरो र बुबा को चाहीँ रिपोर्ट नेगेटिभ आयो । अब चाहीँ मेरो चुनौती भनेको बुवालाइ सुरक्छित राख्नु नै थियो । र आमा लाई ७ दिन सदन उपचार कक्षमा र ५ दिन वार्डमा राखे पछि, घर लिएर फर्किदा, संसार नै जिते जस्तो भान भएको थियो । आजको दिनमा सबै यो अवस्था बाट सामान्य अवस्था मा पुगी सकेका छौं ।

यो मेरो पिडा संघर्ष र केही सफलताको कथा लेख्न र प्रकाशित गर्न आवस्यक ठानेर यो लेख तपाईहरु पढ्दै हुनुहुन्छ । यो भाइरसले एक जनालाई मात्रै नभएर, पुरा परिवारलाई नै छिन भरमा अर्कै अवस्था मा पुर्याउन सक्ने म एक उदाहारण हँु । बिशेष गरी यदी तपाईंको घरमा बृद्धबृद्धा आमा, बुवा र दिर्घरोग बाट पिडित हुनुहुन्छ भने तपाईले बढि यस भाईरसबाट बच्नको लागि अझ बढि सावधानी अपनाउनु पर्ने हुन्छ ।

मैले भोगेको पिडाबाट म के भन्न भाहन्छु भने कृपया सकेसम्म आफ्नै कोठामै बस्नुस्, बुवाआमासँग धेरै नजिक नहुनुस्, खान खादा पनि एक्ला एक्लाई खाने गर्नुस्, आफ्नो आफ्नो भाँडाहरु छुट्याउनुस र सम्पुर्ण स्वास्थ्य सुरक्षाका नियमहरु पालना गर्नुस्, किनकी हामी यस्तो जटिल अवस्थामा छौ कि, यदी केहि भयो भने, सघन उपचार कक्षमा त परै जाओस्, एउटा बेड पनि पाउन समस्या छ । सबै म जस्तै भाग्यमानी नहुन नि सक्छ ।

साथै यदी तपाईंले अहोरात्र भोक प्यास् आफ्नो आफन्त नभनि, ज्यान जोखिममा राखेर तपाईंको सेवामा खटिने स्वास्थ्यकर्मी र उस्को परिवारलाई सहयोग र सम्मान गर्नुको साटो गालीगलौच गर्ने, सामाजिक अबहेलना गर्ने गर्नु भएको छ भने तपाईले पाप गरिरहनु् भएको छ । यसमा म के भन्छु भने यसमा सरकार ले कारबाही नगरे पनीि घुमीफिरि रुम्जाटार भन्या जस्तै तपाईंको आगनमा केहि भएमा, टाउको मा हात लाउनुको बिकल्प छैन ।

जसरी, अहिले सामाजिक संजालमा यो रोग लाई साधारण रुघाखोकी जस्तै हो भनेर भ्रम फैल्याउने काम भै राखेको छ त्यो चाहीँ मेरो अनुभवले पनि नकारेकै छ । हामी युवा छौ, हामीलाई यसले धेरै असर नगर्ला, तर घरमा भएका हाम्रा आमा बा को बारेमा अवस्य सोचौ आफ्नो कारणले आफ्नो परिवारमा कसैलाई केहि भयो भने जिम्मा लिन सक्छौ हामी ??

धेरै निको भैसकेका प्रभुत्व व्यक्तिहरुको भिडियो संदेश पनि हेरे मैले, धेरैले मनोबलको कुरा नि ल्याउनु भएको छ, हो आत्मबलm अवस्य चाहिन्छ , तर उचित व्यवस्थापन संगसंगै मेडिकल सहयोग पनि आवस्यक हुन सक्छ । त्यसैले, सचेत बनौ हतास हैन, हामी सबैले आफ्नो आफ्नो ठाउँबाट कोसिस जारी राखिराख्नु पर्छ, खाली यो सरकारको मात्रै जिम्मेवारी हो भनेर बस्ने समय छैन ।

मेरो यहि एक महिनाको कथा संगै अहिले हामीले कोभिडबाट निको हुनु भएका, कोभिडलाई नजिकै बाट नियालेका र निस्वार्थ रुपले सहयोग गर्न तयार हरुको एउटा आधिकारिक ग्रुप बनाएका छौ्र । हाम्रो सदस्यहरुले ५ जना लाइ प्लाज्मा थेरापीको लागि प्लाज्मा दान पनि गरिसक्नु भएको छ भने संक्रमितको जीवन जोगाउने अभियानमा हामी अहोरात्र खटिरहेका छौ ।

त्यसैले, यदि तपाई कोहि संक्रमित भएर निको हुनु भएको छ भने र आफ्नो सामाजिक उतरदायित्व पुरा गर्न चाहनु हुन्छ भने कृपया हामिसंग आबद्ध हुनु होला, यो बेला लुकेर बस्ने भन्दा नि अगाडी सरेर अरुको ज्यान जोगाउन पर्ने समय हो । यधपी तपाई आफ्नो गोपनियता राखेर सहयोग गर्न अग्रसर चाहनु हुन्छ भने पनि हामी तपाईलाई सहयोग गर्न सक्छौं ,
httpsM//link=jiwan=name=np/covidbot (यसमा अधिक जानकारी र सम्पर्कको लागि)

अन्त्यमा, अहिले सामाजिक रुपमा नै कोरोना निको भई सकेका तथा संक्रमितलाई उपेक्षित र घृणाको दृस्टीकोणले हेर्ने गरेको विभिन्न घटना पनि सार्बजनिक भई राखेको छ । गाउँगाउँमा मात्रै नभएर सहरमा पनि यस्तो घटना भएकोले, हामीले यस्ता घटनालाई निरुत्साहित गर्दै एक आपसमा सहयोग गर्नु बाहेक को बिकल्प छैन ।

त्यही छिमेकि, त्यही आफन्त आफुलाई पर्दा प्लाज्मा दान गर्ने दुत हुन सक्छ, त्यसैले कृपया सक्नु हुन्छ भने सहयोग गर्दिनु होला, सकिन्न भने उपेक्षा कदापी सैह्य हुन सक्दैन, त्यो तपाई आफैलाई घातक पनि छ ।

यो मेरो अवस्थामा मलाई उचित परामर्श दिनु हुने डाक्टरहरु प्रती म सदा आभारी हुनेछु । साथै मेरो परिवार, साथी संगी, आफन्त जसले यस्तो अवस्थामा सहयोग गर्नु भयो सबै लाइ हृदय देखि नै धन्यवाद भन्न चाहन्छु । डा. निरोज हिराचन तथा रश्मिलाको टिम, डा. बिष्णु पहाडी , डा. ठाकुर देक्कोटा, डा. निल पाण्डे दाई, सुशील कोइराला दाई, , डा. संजिव ह्योजु दाई, डा. कल्याण सुबेदी आदि ।

जय होस् !!
धन्यबाद !

READ THESE ALSO . . . . . . . . 

Best Trekking Season In Nepal: Visit Nepal Year 2020

Rara National Park: Best Trekking Zone of Nepal

Tsum Valley Trekking Known as a Sacred Pilgrimage Valley

Mardi Himal Trekking: Right Destination for Festive Holiday

Pattale Higher than Everest: Best Himalayan Tours

Check Also

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन् रासस पाँचथर – पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *