Tuesday , December 1 2020
Breaking News
Home / शिक्षा / नेपाल युथ एसडिजि समिट सम्पन्न

नेपाल युथ एसडिजि समिट सम्पन्न

नेपाल युथ एसडिजि समिट सम्पन्न

नेपाल युथ एसडिजि समिट सम्पन्न
नेपाल युथ एसडिजि समिट सम्पन्न

काठमाण्डौ – दिगो विकास लक्ष्यलाई प्रवद्र्धन गर्ने उदेश्यले नेपाल युथ एसडिजि समिट आयोजना भएको छ । तिन दिनसम्म भर्चुअली संचालन भएको समिट युथ एड्भोकेसी नेपालद्वारा युरोपियन युनियन, युनेस्को लगायतका संघसंस्थाहरुसँगको सहकार्यमा आयोजना गरिएको हो ।

समिटको पहिलो दिन राष्ट्रिय शिक्षा खाका–२०३० र दिगो विकासको स्थानियकरणमा युवाको भुमिका विषयमा सघन संवाद भएको थियो । शिक्षा सम्बन्धी विषयमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका दिपक शर्मा, युनेस्कोका शिक्षा विभाग प्रमुख बलाराम तिमल्सिना, एक्सन एड नेपालका अध्यक्ष डा. निर्मला केसी, एनसिई नेपालका अध्यक्ष डिल्ली सुवेदी, संकल्पकी अध्यक्ष लिली थापा, प्राध्यापक वासुदेव काफ्ले, सहायक प्राध्यापक सरोज गिरी लगायतले मन्तव्य राखेका थिए । दिगो विकास लक्ष्यमा युवाको भुमिका विषयमा भावाना भट्ट, सिता सुवेदी, दिपेन्द्र जोसी, राम रोहन पन्त, रिता शाह, विन्दु परियार, भक्ति शाह, दिवाकर अर्याल लगायतका युवा नेताहरुले विचार राखेको थिए । दिगो विकासको स्थानियकरणका लागि निती निर्माण, कार्यन्वयन, अनुगमन तथा मुल्यांकनमा युवाहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित हुनु पर्ने युवाहरुको जोड थियो ।

समिटको दास्रो दिन युवाहरुको तर्फवाट तयार पारिएको राष्ट्रिय स्वैच्छिक प्रतिवेदन विमोचन गरिएको थियो ।
समिटको तेस्रो दिन अमेरिका, चिन, वेलायत, ब्राजिल, भारत, रसिया, साउथ अफ्रिका लगायत विश्वका १९ वटा मुलुकका युवाहरुको सहभागितामा ग्लोवल युथ मिटअप आयोजना गरिएको थिया । कार्यक्रममा विश्वमा दिगो विकास प्राप्तीमा युवाहरुले कसरी भुमिका खेलिरहेका छन भनेर युवाहरुले अनुभव साटासाट गरेका थिए । मिटअपको प्रमुख आथित्यता महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङ्गले गरेका थिए ।

कार्यक्रममा युरोपियन युनियनका चार्ज डि अफेयर्स स्टेफन म्याको, फिनल्याण्ड दुतावासका राजदुत पर्टी अन्टिनेन, एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमा, गैसस महासंघका अध्यक्ष जीताराम लामा, प्राध्यापक कपिल श्रेष्ठ लगायतका व्यक्तित्वहरुले मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्षता युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले गरेका थिए ।

READ THESE ALSO . . . . . . . . 

Best Trekking Season In Nepal: Visit Nepal Year 2020

Rara National Park: Best Trekking Zone of Nepal

Tsum Valley Trekking Known as a Sacred Pilgrimage Valley

Mardi Himal Trekking: Right Destination for Festive Holiday

Pattale Higher than Everest: Best Himalayan Tours

Check Also

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन् रासस पाँचथर – पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *