Wednesday , November 25 2020
Breaking News
Home / नेपाल / मुल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने नेबिसंको घोषणा

मुल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने नेबिसंको घोषणा

Nepalayatimes

 

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र बढ्दो महँगी घटाउन माग गर्दै विरोध स्वरुप प्रदर्शन गरेको छ । मुल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने समेत नेबिसंले घोषणा गरेको छ ।

 

 

शुक्राबार उनीहरुले सरकार बिरुद्ध प्रदर्शन गरका हुन्। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघमा आवद्ध विद्यार्थीहरुले उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन्।

 

 

पछिल्लो समय सरकारले निरन्तर पेट्रोलिएम पदार्थको मूल्यवृद्धि गरेपछि नेविसंघले उपत्यका सहित देशभरका सबै क्याम्पस र जिल्लामा शुक्रबार विरोध प्रदर्शन गरेको नेविसंघका उपाध्यक्ष प्रकाश रानाले जानकारी दिए। सरकारले लगातार बढाएको मुल्यबृद्धि फिर्ता नलिए नेविसंघले चरणबद्ध आन्दोलन गर्ने रानाले बताए ।

Check Also

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन् रासस पाँचथर – पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *