Tuesday , December 1 2020
Breaking News
Home / पर्यटन / राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न सहज

राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न सहज

राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न सहज
नेपालयटाईम्स

राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न सहज
राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न सहज

खलङ्गा,असोज ११ गते। खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हुँदै राराताल जाने गर्दथे । पछिल्लो समयमा खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । खलङ्गा बजारबाट पातारासी गाउँपालिको उर्थु, पटमारा हुँदै कनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले हुँदै राराताल जानेको लर्को लाग्ने गरेको छ ।

नाग्म गमगडी सडकभन्दा यो सडक झण्डै तीन घण्टा छिटो पुगिन्छ । कर्णाली प्रदेश सरकारबाट खलङ्गा बजारबाट रारा सडकको स्तरोन्नती भएकोले यात्रा गर्न सहज हुने गरेको हो । यो समयमा दैनिक दुई तीन गाडी पर्यटक ओहोरदोहार गर्छन् । कोरोना कहरले पर्यटक घटेका छन् । पातारासी गाउँपालिकाका जयबहादुर बुढा अहिले रारायात्राको लागि सहज भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“यो सडकबाट यात्रा गर्दा पाटनमा पर्यटकले रमाउन पाउँछन् । विभिन्न जडिबुटी, फुलसँग रमाउँछन् । यहाँका पाखापखेरामा पाल हालेर पर्यटक बस्छन् । निकै रमाइलो हुन्छ ।” खलङ्गा पुगेर छोटो सडक हुँदै रारा पुगेर सिँजा हुँदै नाग्मगमगडी सडकबाट फर्कने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

रासस

READ THESE ALSO . . . . . . . . 

Best Trekking Season In Nepal: Visit Nepal Year 2020

Rara National Park: Best Trekking Zone of Nepal

Tsum Valley Trekking Known as a Sacred Pilgrimage Valley

Mardi Himal Trekking: Right Destination for Festive Holiday

Pattale Higher than Everest: Best Himalayan Tours

Check Also

कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ

कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ

कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ ।। जीवन श्रेष्ठ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *