रगत अभावमा काँगे्रस खेलकुद विभागले गयो रक्तदान
नेपालयटाईम्स

नेपाली काँगे्रसका संस्थापक नेता तथा त्रिभुवन विश्वविघालयका प्रथम उपकुलपति स्वर्गीय श्री सुवर्ण शम्शेर जबरा ज्युको सम्भनामा नेपाली काँगे्रस केन्दिय खेलकुद विभाग विश्वविघालय खेलकुद संघको संयुक्त आयोजनामा पुर्व सुचना सञ्चार मन्त्री तथा नेपाली काँगे्रसका केन्द्रिय खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा नेपाली काँगे्रस केन्द्रिय खेलकुद विभागको परिसरमा रतmददान कार्यक्रम आयोजना सम्पन्न भएको छ । सो रक्तदानकार्यक्रमलाई पुर्वमन्त्री बस्नेतलाई रक्तदान गरी शुभारम्भ गर्नुभयो ।
सो रतmदान कार्यक्रममा अरविन्द बोहोरा ,साड दोर्जे शेर्पा,टपेन्द्र बा दर्नाल ,महेश बस्नेत, पुर्ण सि बोहोरा,युधिर पौडेल ,भान बहादुर चन्द,सुवास नेपाल ,हेमन्त राज दंगोल ,राजु कंडेल ,मुके शेर्पा ,आड छिरिड शेर्पा ,साजन मोक्तन,आलोक सुवेदी ,रत्न प्रसाद अधिकारी, राजेश चौलागाई ,दोड छिन लामा, ज्ञानेन्द्र थापा, रमेश राज भण्डारी, राज कुमार भण्डचरी ,गोपाल थापा क्षेत्री ,एस बहादुर रोका मगर, सुजन राई, झलक नेपाल, जन सिंह साउद, प्रकाश श्रेष्ठ, रुपकाजी लामा, प्रमोद तमाड, बाल कृष्ण बस्नेत ,एकेन्द्र मल्ल ,दिपक विक्रम थापा गरी ३२ जनाले रतmदान गर्नुभउको हो ।

कोरोना महामारीले उपत्यका र देशभरका अस्पतालमा रगतको कृत्रिम अभाव सिर्जना भएको छ । महामारी र प्राकृतिक विपतीमा परेकाले सहयोग गर्ने भावना स्वरुप सो कार्यक्रम आयोजना गरिएको पुर्वमन्त्रीले बताउनुभयो । सँगै यस्तो सुगम काममा पत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो । पुर्वमन्त्री मानविय सामाजिक सहयोगमा सदैव अग्रसर रहँदै आउनुभएको छ ।
READ THESE ALSO . . . . . . . .
Best Trekking Season In Nepal: Visit Nepal Year 2020
Rara National Park: Best Trekking Zone of Nepal
Tsum Valley Trekking Known as a Sacred Pilgrimage Valley