दक्षिण एसीयाली युवा सम्मेलन सम्पन्न

काठमाण्डौ । कोभिड–१९ ले युवाका सवालमा पारेको प्रभाव र युवाले खेलिरहेको भुमिकालाई युवाहरु विचमा अनुभव साटासाट गर्ने उदेश्ले भर्चुअल माध्यमबाट दक्षिण एसीयाली सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको आयोजना युएनभि, युनेस्को, एक्सन एड नेपाल तथा सार्वजानिक शिक्षाका लागि विश्वव्यापी अभियान नामक संस्थाहरुसँगको सहकार्यमा युथ एड्भोकेसी नेपालले गरेको थियो ।
सम्मेलनमा दक्षिण एसियाका भारत, पाकिस्तान, वंगलादेस, भुटान, श्रीलंका, नेपाल र अफगानीस्थानका ११ जना युवा वक्ताहरुले कोभिड–१९ ले युवामा पारेको प्रभाव र यसको सामाधानका रणनीतिहरुको विषयमा प्रस्तुती गरेका थिए । शिक्षा, रोजगारी र स्वास्थ्यमा कोभिड–१९ ले प्रभाव पारेको उनीहरुको जोड थियो । दक्षिण एसीयाली युवाहरुविचको समन्वय र सहकार्यलाई जोड दिदै युवाहरुका सबाललाई संवोधन गर्न तत् तत् देशका सरकारहरुहरुलाई खवरदारी गर्नु पर्ने उनीहरुको जिकिर थियो ।
सम्मेलनमा मुख्य वक्ताकोरुपमा संम्वोधन गर्दै युएनभिकी एसिया प्यासिफिक क्षत्रिय म्यानेजर सलिना मियाले भनिन, “ कोभिड–१९ ले दिगो विकास लक्ष्य प्राप्तीमा गम्भिर प्रभाव परेको छ, यसको सामधानका लागि युवाहरुले प्रभावकारी भुमिका खेल्न पर्दछ ।” उनल अगाडी भनिन, “यो कार्य गर्नका लागि युवा स्वयंसेवालाई प्रवद्र्धन गर्न राज्यले विशेष नीति अख्तियार गर्न पर्दछ ।”
कार्यक्रमका प्रमुख वक्ताकारुपमा रहेका राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले कोभिड–१९ का कारणले दक्षिण एसियाली युवाहरुमा मनोवैज्ञानिक समस्या थपिएको वताए । उनले अगाडी भने, “दक्षिण एसीयाली युवाहरु विचको समन्वय तथा सहकार्यलाई वढाउदै युवाहरुका विकासका लागि आधुनिक प्रविधमा जोड दिन पर्दछ ।”
सम्मेलनमा विशेष वक्ताकोरुपमा रहेका युनेस्को नेपालका शिक्षा प्रमुख वलराम तिमल्सिनाले युवाहरुको संभवाना र क्षमताको व्यख्या गर्दै उनीहरुलाई राज्यको नीति निर्माण, कार्यन्वयन, अनुगमन तथा मुल्यांकनमा अर्थपुर्ण सहभागिताको सुनिश्चित गरिनुपर्ने वताए ।
सम्मेलनमा दक्षिण एसियाका २ सय जना भन्दा वढी युवाहरुको सहभागिता थियो । कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई आयोजक संस्थाका अध्यक्ष नरेन खतिवडाले स्वागत गरेका थिए भने कार्यक्रम संचालन लेखक डा. तारा लाल श्रेष्ठले गरेका थिए ।
READ THESE ALSO . . . . . . . .
Best Trekking Season In Nepal: Visit Nepal Year 2020
Rara National Park: Best Trekking Zone of Nepal
Tsum Valley Trekking Known as a Sacred Pilgrimage Valley
Mardi Himal Trekking: Right Destination for Festive Holiday
Pattale Higher than Everest: Best Himalayan Tours
MOST LIKED TREKKING ROUTE
Annapurna Base Camp Trek: Nepal Tourism
Shey-Phoksundo National Park: A Unique Trans-Himalayan ecosystem
Visit Nepal Year 2020: Why should you visit Nepal in 2019?