Sunday , October 25 2020
Breaking News
Home / Features News / नेपालले तीन देशमा हवाई सम्झौता गर्ने

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने
नेपालले तीन देशमा हवाई सम्झौता गर्ने

काठमाडौं – नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आईतवार भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया,फिनल्याण र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले भाद्र १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमति अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिन तर्फ सवै बायुृसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्ड्यन प्राधिकरण मार्फत बायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेका छ ।

त्यस्तै नेपालीहरु स्वदेश फिर्ति लगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा,नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन ।
समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने,होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने,हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ ।

हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेका छ ।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको बार्षिक कार्ययोजनामा समावेश गरिएका माईलस्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

Check Also

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन् रासस पाँचथर – पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *