Monday , October 26 2020
Breaking News
Home / बिचार / कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुलाई सामाजिकिकरणमा समस्या छ

कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुलाई सामाजिकिकरणमा समस्या छ

कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुलाई सामाजिकिकरणमा समस्या छ
– सुजन दाहाल

कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुलाई सामाजिकिकरणमा समस्या छ
कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुलाई सामाजिकिकरणमा समस्या छ

मोरङ्ग निवासी सुजन दाहाल विश्वव्यापि महामारी, कोरोना संक्रमणवाट केही दिन अघिमात्र निको भएका हुन् । लक्षण नदेखिए पनि उनलाई कोराना पोजटिभ देखिएपछि क्वारेन्टिानमा राखियो । उच्च मनोवलका साथ आफुले कोरोनालाई जित्न सफल भएको वताउदै आएका छन् । यो रिपोट तयार पार्रदा विश्वमा २४,२५७,९५९ जनामा कोरोना सङ्क्रमित देखापरेको जसमा ८२७२४६ जना को मृत्यु भई‘केको छ । र नेपालमा ३६,४५६ संक्रमिक र निको भएर फर्कने २०,२४२ पुगसिकेको छ, जसमध्ये २०० भन्दा बढीको ज्यान गईसकेको छ । यसै सन्दर्भमा संक्रमणलाई जितेर आउनु भएका सुमन दाहालसंग उहाँका अनुभवबारे गरिएको कुराकानिमा आधारित ।

संक्रमणविचको समय :

कोरोना भनने बित्तिकै शारीरिक पिडाभन्दा पनि वढी मानसिक समस्या उत्पन्न गराउने रहेछ । तर जसले आत्मावल उच्च वनाएर रहन सक्यो उसैले कोरोना जित्न सफल हुने हो । क्वारेन्टिानमा मानिस बाँधीएको जस्तै हुन्छ, मानिसको सवैभन्दा प्यारो स्वतन्त्रता रहेछ जसमा मानसिका आवाज र गतविधि सरल र सहज हुने गर्दछन् । कोरोना भाइरस वारे समाचार र बाहिरी जगतमा एउटा अतीरन्जित भाइरस वनाइएको छ । तर सवै कुराले मानसिक क्षमता कमजोर भएका मानसिमा यसको ठुलो प्रभाव परेको देखिन्छ । उनहिरुमा सिजोफेनिया ,एड्जस्टमेन्ट डिस्अडर लगायतका समस्याले सताउने गरेको देखियो ।

क्वारेन्टिानमा दैनिकी :

मैले पोजेटिभ भएर काटको समय ९ दिन थियो जसमा मैलै पहीलो दिनबाटै साथी सर्कल वनाएर लगातार रुपमा कुरा गरिरहे जसले सहज वातावरण बनायो जसवाट सकारात्मक सोचको विकास गरे आफुलाइ नया ज्ञानको रुपमा अभ्यस्त बनाएँ । नियमित खानपिनमा अरुले वताएको कुनैै पनि कुरा नखाएर समान्य रुपमा पाईने आहारवाट दैनिकी विताएको थिएँ । समाजिक सञ्जाल र घर परिवारवाट आएका फोन सम्पर्कहरुले अलकिती भावुक बनाएपनि सुरु देखि नै यसवारे जानकारी राखेको कारणले पनि मनोवल वढ्न सहयोग पुगेको मेरो भोगाइ हो ।

क्वारेन्टिानमा स्वाथ्यकर्मीको व्यवहार : 
सामान्यतया मानिसको आधारभुत आवश्यकतासंगै व्यवस्थापकिय पक्षमा आवश्यक तयारी नहुदा भित्र बस्ने काम सिवाय अरु क्रियाकलाप नगर्ने कारण समस्या देखा पर्ने गरेको मैले अनुभव गरे । यसले निम्त्याउने विभिन्न सामस्याहरुमध्ये मानसिक समस्या प्रमुख रहन्छ, यसरी वस्दा कसरी मनोवल उच्च राख्ने भन्नेवारे केही जानकारी दिइदैन त्यो पनि सँगै दिन सकेमा संक्रमितमा अरु बढी समस्या नदेखिन सक्छ ।

कोरोना नेगटिभ आए पछाडी आफुमा आएको परिवर्रतन :

सामाजिक रुपमा हाल हेर्दा यसले आक्रान्त पारेको देखीन्छ । वास्तवमा यसले समाजिक रुपमा जीवन ज्युने शैलीमा नै परिवर्रतन गरीदिन्छ । समाजिकिकरणको चरणमा मानिसवाट सामाजिक बहिस्कार र दुव्र्यवहार पनि परिवर्तन भएका छन साथै मानिसको सामाजिक जिवन नै ध्वस्त पारेको छ । आईसोलेसनबाट फर्कदा म मेरो अठोट र सामाजिक व्यवहारको अनुमान गरी यसको प्रतक्ष्य सामना गर्ने विचार सहित अन्य मानिसभन्दा फरक समयमा घर आए, जवकी अरु राति १२ वजे जाने गर्दा रहेछन् भने म दिउसोको समयमा घरमा आएँ । जसले समाजमा मेरो लगी टकराव कम भयो । यसवाटै मैले थप उर्जा वनाए त्यसैले म के भन्छु भने समाजको वातावरण अफुले मिलाउन सक्नु पर्दछ ।

अहिले समाजमा कोरोनाको बारेमा अनावश्यकको डरपुर्ण वातावरण वनाइएको छ । यसलाई जिल्नका लागि समाजमा हात्ती खेदाउने खेल जस्तै व्यवहार गर्नु पर्दछ, भन्नुको तात्पर्य हात्ती तवसम्म मनसिवाट लखेटिन्छन जवसम्म उ पछाडी फार्कदैन, जब पछाडी फर्कन्छ मानिसको हुल भाग्दछ त्यसैले हामीले यसलाई निरन्तर लखेटिरहनुपर्छ जसरी फर्किएको हात्तीको सामना व्यक्तिले गरे जस्तै कोरोनालाइृ जितेपछि व्यक्तिले समाजमा पुर्नस्थापना हुन समाजको सामना गर्नु पर्ने देखियो ।

अहिलेको अवस्थामा तपाई कारोनाका समारात्मक पक्षका वारे व्यापक छलफलमा लागिरहनुभएको छ खासमा सकारात्मक पक्ष के रहेछ

रोग प्रकृतीवाट आउने गर्दछ सामान्य जिवनमा हात सफा गरेर नै धेरै रोग वाट वच्न सकिन्छ भन्ने कुरा, विश्व पररिवेशमा जोडिएर आफ्ना जानकारी हासिल गर्न यदाकदा लगाउने स्यानेटाइजर लगाउने भएका छौ । सदैव मानिस ले महत्वकाक्षा वोकर सामान्य गतिविधी वेवास्ता गर्दछ तर कोरोनावाट सामान्य जनजिवन विताउने सिप र कला विकास गरेको छ ।

संक्रमण मुक्त भएपछि समाजमा गइसकेपछि स्थानिय तह वा स्वाथ्यकेन्द्रवाट फलोअप भएको छ :

कोरोना नेगटिभ आइसकेपछी सरकारवाट कुनै गतिबिधी भएको छैन हामिजस्ता मानिसले समाजलाई क्रियाशिल बनाउन सक्ने हो भने हामिले पनि सकारात्मक सामाजिकिकरण वन्न ससहयोग पुग्ने थियो । आज मानिस कोरोना लागेको घरको वरपर पनि जान चाहदैन यस्ता अवस्थामा हामि जस्ता मानिसले घरसम्म सामान लगिदिने र आवश्यक परामर्श हौशला वढाउन सकिने थियो । र हामी सामाजिक भुमिका निभाउन सक्षम छौ ।

क्वारेन्टिानमा गर्न सकिने सुधारको लागी केही सुझावहरु :

१) संक्रमितहरुलाई सबारात्मक परामर्श गराउनु आवश्यक छ जसले मनोबल बढाउनुको साथै कोरोना जित्न सहज बनाउनेछ । प्रत्यक्ष रुपमा नभए पनि विभिन्न भच्र्युअल माध्यमबाट भएपनि परामर्श दिन सकेमा एकान्त वासमा भएको मानिसको मनोवल बढाउन मद्दत गर्नेछ ।
२) गुणस्तरयुक्त खाना उपलव्ध गराउनु पर्दछ, संक्रमितमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुदा विभिन्न सन्तुलित भोजन, पोषणयुक्त खाना पिडितलाई दिन जरुरी हुन्छ । ,
३) कोरोना मुक्त भएपछी समाजमा सामान्य जिवन विताउन समस्या आउन सक्ने हुदा यसलाइ कम गर्न सामाजिक पुर्नस्थापना परामर्श वा समाजमा गएर गरिने काम र आवश्यक कानुनी प्रकृयाबारे प्रयाप्त जानकारी दिएर पठाउनु पर्छ यसले भित्र रहने मनिसमा समाजका डर कम भएर जान्छ ।
४) राज्यको कोरोनाको लागी समान धारणा नभएर अलमल देखिएको छ । सिमित व्यक्तिहरुको लाभका लागि डव्लु एच ओ पनि असफल भएको देखिन्छ । कतै केही व्यक्तिगत स्वार्थमा यसलाई माहामारी भनिएको त छैन भन्ने प्रश्न अगाडि आएको छ सामान्य अवस्था भन्दा पनि न्युन मृत्युदर रहेको यो सामान्य भाईरसलाई यति अतिरञ्जित गरिनु जरुरी नै देखिदैन ।
५) क्वारेन्टिानमा रहदा मैले मेरै ज्ञानले टिकटक र सामाजिक सञ्जाल चलाएर समय बिताए । यीनै माध्यमबाट संक्रमितलाई पनि कोरोनावारे जानकारी दिने गरिदिएमा समाजमा सहजिकरणको लागि मद्दत पु¥याउन सक्नेछ ।

आज अरु जो सङ्क्रमणमा छन क्वारेन्टाइनमा वा समाजमा अन्य आम मानिसलाइ केही सन्देश छ :

मानिसमा समित्यता राख्न आवश्यक छ अनावश्यक डर वढाउने भन्दा पनि सचेत वन्ने सावधानि अपनाउने गरेमा यसबाट संक्रमण रहने सम्भावना रहदैन । कोरोनासंग डराउन आवश्यक छैन यो सामान्य फ्लु हो समाधान अपनाउन सकेमा रोग कम भएर जान्छ । हिजो कोरोना लाइ तल वा परवाट हेर्दा जसरी कहालि लाग्दो थियो समाचार पनि यस्तै आउथे तर सकारात्मक पक्ष वास्तविकता चै फरक नै छ । अनन्त भोगाइवाट जितेर आउदा कोरोनालाइ बुझ्ने अवसर पाएँ ।

अहिलेको यो अवस्थालाई हेर्दा के बुझिन्छ भने मानिसले जविलाइ प्रेम गर्न आवश्यक रहेछ सवैले आफुुलाई प्रेम गरौ, आफुलाइ प्रेम गर्न सके मात्र अरुलाइ प्रेम गर्न सकिन्छ । उच्च आत्मावल राखेर अघि वढौ कोरोनालाई जित्न सकिन्छ ।

Check Also

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन् रासस पाँचथर – पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *