काँग्रेस नेता बस्नेतले लिए अभिभावक गुमाएका ८ बालिकाको उच्च शिक्षाको जिम्मा
– नेपालयटाईम्स

पुर्व सुचना तथा संचारमन्त्री एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्य, खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा केही दिन अघि पहिरोमा परी अभिभावक गुमाएका आठ बालबालिकालाई १२ कक्षा सम्मको शिक्षा निःशुल्क व्यवस्था गरिदिने घोषणा गर्नुभएको छ ।
निरन्तरको अबिरल बर्षका कारण गत असार २५ गतेदेखि श्रावण ३० गते सम्मको अन्तरालमा सिन्धुपाल्चोक जिल्लामा आएको पहिरोमा ८० जना बेपता भएका छन भने चार दर्जन भन्दा बढीको लाश फेला परिसकेको छ । सयौ पहिरोले सयौ परिवार घरबारविहिन बन्दा कतिपय बालबालिकाहरु अभिभावकसमेत गुमाई साहार बिहिन हुन पुगेका छन ।
उक्त पहिरोमा अभिभावक गुमाएका स्मारिका दोेङ्ग ,सविता दोेङ्ग, दुर्गा दोेङ्ग ,कविता दोेङ्ग ,अनिता दोेङ्ग,कान्छी दोेङ्ग ,नाम नखुलेको सा बहादुर दोेङ्ग की छोरी गरी सात (७) जना र असार २५ गते जम्बुको बाढी पहिरोबाट आफनो ५ जना परिवार गुमाएर एक्लै बाँचेकी छिरिङ गोले समेत गरी ८ जना बच्चाहरुको १२ कक्षा सम्मको पढनपाठन जिम्मा आफुले लिने पूर्वमन्त्री बस्नेतले औपचारिक जानाकारी गराउनु भएको हो ।
सबै बच्चाहरुको यसै शैक्षिक शत्रबाट काठमाण्डौ उपत्यका भित्र रहेका बिद्यालयको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने भएकाले यथाशिघ्र सम्पर्कमा आउन वा ल्याउन सम्बन्धित व्यक्ति वा उनीहरुका आफन्तहरुलाई पूर्वमन्त्रीले आग्रह समेत गर्नुभएको छ ।

पूर्वमन्त्री बस्नेतले यसअघि पनि बाढीपहिरोमा परेका पीडितको उदारका लागि आफै घटनास्थल पुग्नुभएको थियो । विगतमा पनि जिल्लाको भोटेकोशी, मेलम्ची ,पाँचपोखरीमा बाढी पहिरोमा परेर ज्यान गुमाउने, असहाय ,परिवारलाई सहयोग गर्दे आउनुभएको छ । कोरोना महामारीमा पनि स्वास्थ्य साम्रगी वितरण, कोरोना स्वास्थ्य कर्मचारी बीमा, सिन्धुपाल्चोक कोरोना सुत्केरीको शिशुको पालनपोषण,उच्चशिक्षाको समेत जिम्मा लिनुभएको छ । यस्ता सहयोगी हातहरुको काम सिको गर्न जरुरी छ । पुर्वमन्त्रीको यस्तो पुण्य कामको लागि सलाम ।