बाढीपहिरो पिडितलाई सद्भाव युवा समाज कतारको आर्थिक सहयोग
– नेपालयटाईम्स

काठमाडौं – सद्भाव युवा समाज कतारले देशका बिभिन्न जिल्लाका बाढीपहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । अविरल वर्षाका कारण आएको बाढिपहिरो बाट देशले ठुलो जनधनको क्षती बेहोर्नुपरेको अवस्थामा सद्भाव युवा समाजले पिडित परिवारलाइ थोरै भएपनि राहत पुगोस भन्ने हेतुले तीन ओटा जिल्लामा ९६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
समाजले गुल्मि जिल्लाको ईस्मा गाउँपालिकाका पिडितलाई ने.रु. ३२ हजार , लमजुङको मर्स्याङ्दी गाउँपलिका ३ तरापु पल्लोटारिका पिडितलाई ने.रु. ३२ हजार र म्याग्दी जिल्लाको मालिका गा.पा. विम र धौलागीरी गा.पा.मराङका पिडित घरपरिवारको सहयोगार्थ ने.रु. ३२ हजार गरि जम्मा ९६ हजार नेपाली रुपैयाँ सहयोग गरेकोछ । समाजद्वारा वितरित सहयोग सम्बन्धित स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा स्थानीय समाजसेवी ्मार्फत पिडितलाई हस्तान्तरण गरिएको थियो ।
WATCH VIDEO
रोजगारीको सिलसिलामा कतारको एयरपोर्टमा काम गर्ने साथीभाइलाई भई परी आउने समस्यामा सहयोग गर्न भनि २००८ मा स्थापना भएको यस संस्थाका सदस्यहरुले आफ्नो पारिश्रमिकबाट समाज सेवालाई भनेर छुट्याएको रकमबाट विगतका वर्षहरुमा पनि यसरी देश र समाजमा आइपर्ने प्राकृतिक प्रकोपका बेला देखि लिएर बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको संस्थाका बर्तमान अध्यक्ष गुणनिधि घिमिरेले बताउनु भयो । समाजले यस अघि पनि नेपालमा विभिन्न पिडितहरुलाई सहयोग गर्दै आई रहेको छ ।

आफ्नो स्थापना काल देखि नै संस्थामा आवद्ध सदस्यहरुलाइ परेको समस्यामा सहयोग गर्ने देखि लिएर देशमा भुकम्प पिडित लगायत बाढिपहिरो पिडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा समेत आर्थिक सहयोग प्रदान गर्दै आइरहेको यस संस्थाले गत वर्ष सन २०१९मा संचारकर्मी रवि लामिछानेको अभियानमा निर्माणाधिन रास्कोट सामुदायिक अस्पताल कालिकोट लाइ सदभाव युवा समाज कतार र सदभाव युवा समाज नेपालले संयुक्त रुपमा रु १० लाख २० हजार त्यसैगरी सन २०१८ मा राष्ट्रीय आविस्कार केन्द्र लाइ रु ६ लाख आर्थिक सहयोग गरि सकेको छ ।
रोजगारीको सिलसिलामा प्रवासमा रहेका फराकिला सहृदयी मनका धनि नेपाली दाजुभाइहरुले पिडित परिवार उपलब्ध गराएको सहयोग पर्याप्त नभए पनि उल्लेखनिय भएको स्थानियले जनाएका छन् ।
READ THIS ALSO
10 Domestic Travel Destinations: Where you can make your trip in this Season
Halesi Mahadev Temple: Pashupatinath of Eastern Nepal
Religious Sites of Nepal Tourism In Nepal