लकडाउन प्रभावित नेपालीलाई बेलायती युनिभर्सिटीले छात्रवृत्ती दिने
– नेपालयटाईम्स
काठमाणडौ – बेलायतमा रहेका कतिपय युनिभर्सटीहरुले बेलायतमा पढ्न जान चाहने नेपालीलाई ३००० पाउण्ड स्ट्रलिङ बराबरको छात्रवृत्ति दिने भएको छ ।
बेलायतको लिभरपुलमा रहेको लिभरपुल जोन मुरे लगायतका केही युनिभर्सिटीले अागमी सेप्टेम्बर इन्टेकमा नेपालका कोरोन तथा लकडाउन प्रभावित बिधार्थीलाई ३००० पाउण्ड स्ट्रलिङ बराबरको छात्रवृत्ति दिने भएको छ । नेपालय टाईम्स सँगको कुराकानीमा युनिभर्सिटीका अन्तराष्ट्रिय भर्ना प्रमुख गेमा स्मिथले उक्त जानाकारी दिएकी हुन् ।
बेलायतको मुख्य सहरमध्ये एक लिभरपुलमा रहेको उक्त युनिभर्सिटीमा मास्टर तथा ब्यचेलर तहमा म्यानेजमेन्ट, ईन्जिनियरिङ, कम्पयुटर तथा नर्सिङका कोर्स पढ्न पाईने यस युनिभर्सिटीका रिजनल म्यानेजनर सैलेन्दर सिलिम सेठ्ठिले बताए ।
त्यस्तै उल्बरहाम्पटनमा रहेको उल्बरहाम्पटन युनिभर्सिटीले पनि यस युनिभर्सिटीमा पढ्न चाहने नेपाली बिधार्थी छात्रवृत्ती सहितका विभिन्न सेवासुविधा उपलब्ध गराउने युनिभर्सिटीका रिजनल म्यानेजर विराज भुषण झा जनाएका छन् । उनका अनुसार कक्षा १२ को अंग्रेजी बिषयमा ७० प्रतिशत भन्दा बढी नम्बर ल्याउने बिधार्थीले बिना IELTS भर्ना प्रकृया थाल्न पाउनेछन् ।
लिभरपुल जोन मुरे युनिभर्सिटी तथा उल्बरहाम्पटन युनपभर्सिटीले काठमाण्डौमा रहेको एएईसी ग्लोबलको सहकार्यमा आगामी जुलाई 9 र 10 तारिकमा वेवनियर गर्ने भएको छ भने उक्त वेवनियरमा इच्छुक बिधार्थीले सहभागी भई आफ्ना जिज्ञासा राख्न सक्ने कुरा एएईसी ग्लोबलका प्रबन्ध निर्देशक केशब सिम्खडाले जनाकारी दिए ।
वेबनियरमा सहभागी हुनको लागि भाईबर नम्बर +44 7539 185385 तथा फेसबुक पेज https://facebook.com/AAECGLOBAL मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।