Friday , September 18 2020
Breaking News
Home / नेपाल / किसानले बाँडे देवघाटमा तरकारी र फलफुल

किसानले बाँडे देवघाटमा तरकारी र फलफुल

किसानले बाँडे देवघाटमा तरकारी र फलफुल

– नेपालयटाईम्स

भरतपुर-२५ शुक्रनगरमा व्यवसायिक तरकारी खेती गर्दै आएका समिर भुषाल र उनको समूहले आज ठूलो परिमाणमा नि:शुल्क तरकारी/फलफुल वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन सरकारले लकडाउन गरेपछि भएको खाद्यान्न अभावलाई पूर्तिगर्न भुषालले केही दिनयता नि:शुल्क तरकारी बाँड्दै आएका छन् । आज देवघाट पुगेको भुषाल नेतृत्वको समूहले ७ सय किलो तरकारी र ८ सय कोशा केरा वितरण गरेको थियो ।

२ सय किलो फर्सी, २ सय किलो काँक्रो, १ सय ५० किलो बन्दा, एक सय किलो काउली, ५० किलो बोडी र केरा बाँडेको उनले बताए ।

देवघाटमा रहेका असहाय तथा अशक्त व्यक्तिहरुलाई लक्षित गरेर तरकारी बाँडेको भुषालले बताए । समूहमा सुमन सुवेदी, सुजन भण्डारी, श्याम भुजेल, प्रदिप चापागाँई, गोपि न्यौपाने, मणी सापकोटा र हरि सिवाकोटी सहभागि थिए । वितरण गरिएका सबै तरकारी र फलफुल उनीहरु आँफैले उत्पादन गरेका हुन् ।

देशलाई अप्ठ्यारो पर्दा दु:ख पाएका सर्वसाधारणको सेवा गर्न पाएको भन्दै उनीहरुले खुसी व्यक्त गरे ।

Check Also

पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ: व्यवसायी

पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ: व्यवसायी

पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ: व्यवसायी – नेपालयटाईम्स काठमाडौँ – कोभिड–१९ महामारी नियन्त्रणका लागि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *