नेपालको लामो दुरीका यात्रामा उत्तम विकल्प हुनसक्छ स्लिपरकोच
– गणेश सुवेदी/नेपालयटाईम्स

काठमाडौं – बुढानिलकण्ठ भंगालमा बस्ने जानुका सुवेदीलाई आफ्नो माईतीघर, ईटहरी जान हतपत्ति जाँगर चल्दैन । अस्तव्यस्त लामो दुरीको सार्वजानिक कारण ४/५ बर्षमा १ चोटी माइैतीघर जाने गर्छिन् उनी । “लामो दुरीको गाडि चढ्यो कि वान्ता हुने, रिङगाटा लाग्ने, अनि धेरै चोटी दिक्दारीलो यात्राले बिरामी भएकी छु ।”उनेले सुनाईन् । आफ्नो पुर्खौली घर जान कसलाई मा हुदैन र तर सार्वजानिक सवारीको हालत देखेर मन मरेको हो । सुवीधायुक्त स्लिपरकोच भए त धेरै चोटी गईहालिन्थ्यो नी उनले थपिन् । जानुका जस्ता यात्रुलाई लक्षित गरेर अब काठमाडौंबाट देशका विभिन्न भागका लामो यात्रामा सुवीधायुक्त स्लिपरकोच सेवाको आवश्यकता भईसक्यो ।
भारतको नयाँ दिल्लीबाट सुवीधायुक्त स्लिपरकोचको सेवामा पशुतिनाथ दर्शनको लागि नेपाल आएकी सुनिता तिवारीले सुवीधायुक्त स्लिपरकोचको सेवाबारे आफ्नो अनुभवबारे यसरी सुनाईन् उनि भन्छिन् आरामदायी सुविधा, थकानको अनुभव नहुने हुदा यात्रा निकै सहज हुने तथा सुवीधायुक्त स्लिपरकोचको सेवा लामो दुरीमा निकै प्रभावकारी हुने गर्दछ । सुनिताको पशुपतिनाथ यात्रा यो दोस्रो पटक हो । पहीलो पटक आउदा यात्राभर बसेर आएकी उनले त्यसबेला निकै गाह्रो भएको तर यसपाला सुवीधायुक्त स्लिपरकोचमा आउदा निकै सहज भएको थियो । सुवीधायुक्त स्लिपरकोचको अनुभवबारे राजधानीका मनोज द्विवेदीले आफुले रेलमा यात्रामा जस्तै आरामदायी यात्रा हुने बताउछन् ।
देख्दा भव्य सानदार आकर्षक र सुविधायुक्त भारतिय सुवीधायुक्त स्लिपरकोचको उपलब्धता राजधानीको तिलगंगा, पशुपति क्षेत्र, गौरिघाट क्षेत्रमा उल्लेख्य देख्न पाईन्छ तर यही सवारी नेपालका भुभागमा नभई भारतिय गन्त्व्यमा सञ्चालन हुने गर्दछन् । नेपालमा सञ्चालन हुने डिलक्स सवारी जस्तै आकारमा बराबर देखिने सुवीधायुक्त स्लिपरकोचमा दुई तलामा सुत्ने मिल्ले गरी बेडहरुको व्यवस्था गरिएको हुन्छ जसले गर्दा एकै पटकमा धेरै यात्रुले सुतेर यात्रा गर्न सक्दछन् । सुतेर आरामदायी यात्रा गर्न पाईने भएकाले पनि नेपालका लामो दुरीमा चल्ने सवारी भन्दा यस सुवीधायुक्त स्लिपरकोच प्रभावकारी हुनसक्दछ ।
स्लिपरकोचको परिचय
सामान्यतया, सुतेर यात्रा गर्न मिल्ने सवारी साधनलाई स्लिपरकोच भन्ने गरीन्छ । तर यसलाई देश बिशेषमा फरक नामले चिन्ने गरेको पाईन्छ । जस्तै अमेरीकामा “ईन्टरनेट कोच”, बेलायतमा “नाईटलाईनर” भन्ने गरिन्छ । बिशेषगरी दुई किसिमका भारतिय स्लिपरकोच राजधानीका बाटोमा देख्न सकिन्छ । पहिलो किसिमको स्लिपरकोचमा पुर्णरुपमा सुवीधायुक्त स्लिपरकोचको व्यवस्था हुन्छ, जसमा ५ वाई ३ फिटका एक तर्फ ५ वटा तल्लो भागमा र ५ वटा माथिल्लो भागमा रहने गरी १० वटा वेडहरु रहेका हुन्छन् । त्यसमा २० यात्रुले सुतेर यात्रा गर्न सक्छन् भने सोही अनुसारका अन्य १० वेड गरी २० वटा वेडमा ४० यात्रुले सुतेर यात्रा गर्न सक्दछन् । अर्को किसिमको अर्धरुपमा स्लिपरकोचको व्यवस्था भएको हुन्छ । जसमा माथिल्लो भागमा १० वटा सुत्न मिल्ने वेडमा २० यात्रुले सुतेर यात्रा गर्न सक्नेछन् भने तल्लो भागमा ४५ जनासम्म यात्रुले बसेर यात्रा गर्न सक्ने व्यवस्था रहेको हुन्छ । जम्मा ६५ यात्रुले एकसाथ यात्रा गर्न सक्दछन् । गौशाला क्षेत्रमा भेटीएका भारतिय स्लिपरकोचका चालक अर्जुन पाण्डेका अनुसार सामान्य स्लिपरकोचको भारतिय मुल्य ४० सम्म पर्ने गर्दछ भने ए सि (वातानुकुल) सेवा सहितको स्लिपरकोचको मुल्य ६० देखी ६५ लाख सम्म पर्ने गर्दछ । भारतका विभिन्न यतायत सेवा ईकाईले यस किसिमका सावारीहरु बजारमा ल्याएका छन् । जस्तै माहाराष्ट्र स्टेट रोड ट्रान्स्पोर्ट कर्पोरेसन (एमएसआरटीसी), कर्नाटक स्टेट रोड ट्रान्स्पोर्ट कर्पोरेसन (केएसआरटीसी), द स्टेट एक्सप्रेस ट्रान्स्पोर्ट कर्पोरेसन (एसईटीसी) आदी प्रमुख यातायत समिती रहेका छन् ।
एक भारतिय स्लिपरकोचका चालक महेश तिवारी भारतिय रोडको तुलनामा नेपाली रोड धेरै साँघुरो रहेको र यसको अझै राम्रो मर्मत संभार भएमा यस किसिमका ठुला गाडिहरु चलाउन सहज हुने बताउछन् । उनि भन्छन् “नेपाली सडकमा स्लिपरकोचको औसत गति ४० किमि प्रति घण्टा रहेको छ भने भारतका सडकमा ८० किमि प्रति घण्टाको औसत गति रहने गरेको छ । यद्यपी नेपालको पाहाडि क्षेत्रको घुमाउरो सडकमा बाहेक अन्य ठाउँमा कुदाउन खासै समस्या नरहेको उनको भनाई छ । स्लिपरकोचको यात्रामा काठमाडौं आईपुगेका मारुती यादवलाई किन यस किसिमकै सवारीमा यात्रा गर्नुहुन्छ भनिएको प्रश्नको जवाफमा आफुले यस किसिमको बसमा रेलको झै आरामको यात्रा गर्न पाएको बताउछन् त्यस्तै अर्का यात्री महेन्द्र यादव भने यस किसिमको गाडिमा शौचालयको समेत व्यवस्था हुन सकेमा यात्राहरुलाई अत्यावश्यक अवस्थामा सहज हुने थियो । साथै उनले सेवा सुविधा कम दिने गरेको समेत बताए ।
भारतबाट नेपाल आउने अधिकांश यात्रुहरु ४० बर्ष भन्दा माथि उमेका हुने गर्नछन् भने उनिहरु धर्मिक तिर्थयात्राका लागि नै नेपाल आउने गर्दछन् पशुपतिनाथ, बुढानिलकण्ठ, जनकपुरधाम आदि स्थलहरुको दर्शन गर्ने अभिप्रायले यात्रा गर्ने मानिसहरु स्लिपरकोचमा हिड्ने गर्नछन् । सामान्यतया भारतिय रुपैया १००० मा ४ दीनसम्मको यात्रा गर्न सकिने हुदा यो सस्तो पनि रहेको यात्रुहरुको भनाई पाईन्छ । भारत अधिकांस तिर्थ यात्रीहरु रेलमा यात्रा गर्ने गर्दछन् तर नेपालका भुभागमा रेल सेवा नभएकोले स्लिपरकोच नै उत्तम विकल्प रहेको यात्रुहरुले बताउने गरेका छन् ।
नेपालमा दिनहुँ हजारौ यात्रुहरुले लामो दुरीको यात्रा गरिरहेका हुन्छन् बिशेष गरी राजधानीबाट सुदुर पुर्व तथा पश्चिमसम्मको यात्रामा बिरामी, अशक्त, जेष्ठ नागरिक, बालबालिका तथा बच्चाका आमाले बसेर गर्ने यात्रा विभिन्न किसिमका सास्तीहरु भोग्नु परेको छ । सिटमा बसेर गरिने यात्रामा वान्ता हुने रिङ्गाटा लाग्ने टाउको दुख्ने, मेरुदण्ड तथा जीउ दुख्ने, लामो समयसम्म एकै अवस्थामा बसिरहनु पर्ने हुदा झन्झटिलो यात्रा हुने गर्दछ । यी यस्ता समस्यालाई समाधान गर्नका लागि स्लिपरकोच उत्तम विकल्प हुने देखिन्छ । हुन त नेपालमा पछिल्ला समयमा सवारी साधनको विभिन्न बिकसित मोडलहरु नदेखिएका भने होईनन् जस्तै विभिन्न अत्याधुनिक सेवा सहितका डिलक्स, ए सि डिलक्स बसहरु बजारमा प्रसस्त देख्न पाईन्छन् । तर लामो दुरीको यात्राको लागि यात्रुहरुको सुविधा र सहजतालाई मध्यनजर गर्ने हो भने स्लिपरकोच नै उत्तम विकल्प हुन सक्दछ , यद्यपी सरकार र यातायत व्यवसायीको ध्यान यस तर्फ जान सकेको पाईदैन ।
नेपालमा रेल किन चाहियो भन्ने प्रश्नको जवाफमा लामो दुरीको यात्राको सुविधा, सहजता, धेरै यात्रु एकै पटक यात्रा गर्न सम्भव हुने साथै प्रविधिको विकास हो भन्ने उत्तरमा दुई मत नहोला । रेलको प्रसंग नेपालमा बेलाबेलामा उठ्ने गरेको छ । साथै जनकपुर जयनगर रेलको बिस्तारले सोही स्थानका जनतामा बाहेक अन्य स्थानका लामो दुरीको यात्रुमा खासै खुसी भर्न नसक्ने सोझै अनुमान गर्न सकिन्छ । हुनपनि नेपालको हरेक क्षेत्रका जनतालाई सहज हुने गरी यात्रा गराउने गरि रेलको विबास विस्तार गर्नु त्यति सजिलो छैन । यस्तो अवस्थामा स्लिपरकोचको उपस्थितिले रेलको जस्तै सुविधा नदिए तापनि लाको दुरीको यात्रालाई अहिलेको अवस्थामा तुलनात्मक रुपमा यात्रुलाई बढी सुविधायुक्त यात्रा गराउन सक्ने देखिन्छ । त्यसैले पनि नेपालको वर्तमान परिप्रेक्ष्यमा रेलकै विकल्पको रुपमा स्लिपरकोच रहन सक्दछ ।
POPULAR TREKKING AREAS
- Dhampus Australian Camp Trek: Glorious Himalayan Viewpoint Trek
- Kailash Manasarovar, Sacred Place: Don’t Miss to Visit This Year
- Khaptad National Park: Best Land for Eco-Tourism
- Sagarmatha National Park: UNESCO World Heritage site of Nepal
- Shivapuri Nagarjun National Park: Easily Accessible From Kathmandu
- How can you get Tourist Visa for Nepal? Process is Here
- 10 Domestic Travel Destinations: Where you can make your trip in this Season