Friday , September 18 2020
Breaking News
Home / पर्यटन / कालिकोटमा त्रिवेणी सामुदायिक होमस्टे सञ्चालनमा

कालिकोटमा त्रिवेणी सामुदायिक होमस्टे सञ्चालनमा

कालिकोटमा त्रिवेणी सामुदायिक होमस्टे सञ्चालनमा
– नेपालयटाईम्स

कालिकोटमा त्रिवेणी सामुदायिक होमस्टे सञ्चालनमा
कालिकोटमा त्रिवेणी सामुदायिक होमस्टे सञ्चालनमा

कालिकोट त्रिवेणी पदयात्रामा जाने पर्यटक तथा कर्णलीका ग्रामीण परिवेश बुझ्न चाहने स्वदेशी तथा विदेशीलाई लक्ष्य गरी कालिकोटको त्रिवेणीमा पहिलोपटक औपचारीक रूपमा त्रिवेणी सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

त्रिवेणी गाउँपालिका वाड नं. ७, ८, र ९ का स्थानीयले आम्दानीको अतिरिक्त स्रोत र पर्यटकीय सेवाका निम्ति होमस्टे सञ्चालनमा ल्याईएको होमस्टेका अध्यक्ष मनराज सिम्खडाले बताए ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल, जिल्ला प्रहरी प्रमुख श्याम बाबु ओलिय, त्रिवेणी गाउपालिका अध्यक्ष डम्बर बहादुर शाहीको उपस्थितीमा फाल्गुन १८ गते होमस्टेको औपचारिक उद्घाटन गरिएको हो ।

अहिले १२ घरलाई अर्गानक परिकार सहित १०० जना आगन्तुकको बसोबासको सक्ने क्षमतामा विकास गरिएको छ । स्थानीयले त्रिवेणी सामुदायिक होमस्टे नामको संस्था नै दर्ता गरेर कार्य थालनी गरेको काम अहिले देख्दा सामान्यजस्तो लागे पनि ग्रामीण आयआर्जनमा यो अवधारण फलदायी हुनेछ । तथा ग्रामिण पर्यटनको बिकास सगै होमस्टे स्थानियको आर्थिक समृसद्धको आधार भएकोले आगमी दिनमा यसलाई प्रभावकारी बनाउने छौं, त्रिवेणी गाउपालिका अध्यक्ष डम्बर बहादुर शाही भने ।

NEPALAYATIME TELEVISION

उनले भने कालिकोटको त्रिवेणी क्षेत्रलाई प्रदेश कै नमुना पर्यटकिय क्षेत्र बनाउने गरी भईरहेको छ, जस अनुसार त्रिवेणी हुदै बडिमालिका, त्रिवेणी धाम, पाटन पदयात्राको बिकास तथा यस क्षेत्रमा आउने पर्यटकको सेवाका लागि होमस्टेको सुरुवात गरिएको हो ।

यस सामुदायिक होमस्टे यहाँका स्थानीयको सबैभन्दा उत्साहको विषय भएकोले यसको प्रवद्र्धन गर्दै र ग्रामीण पर्यटनमा उत्कृष्ट नमुना बनाएर सेवा दिनमा प्रतिबद्ध रहेको होमस्टेका अध्यक्ष मनराज सिम्खडाले बताए ।

होमस्टे उद्घाटन समारोहमा छिमेकी रास्कोट नगरपालिकाका मेयर कासिचन्द्र बराल, उपमेयर मिमसरा बम, नेकपाका नगर अध्यक्ष धर्मराज शाही तथा सशस्त्र प्रहरी प्रमुख भपेन्द्र कुवँर, सेना प्रमुख उत्तम कटुवाल, जिल्ला ट्राफिक प्रहरी प्रमुख मानसिंह भण्डारी लगायतका जिल्लाका पर्यटन व्यवसायमा संलग्न व्यक्तिहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

POPULAR TREKKING AREAS

Check Also

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काममा तीव्रता

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काममा तीव्रता

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काममा तीव्रता – नेपालयटाईम्स काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *