Thursday , September 24 2020
Breaking News
Home / नेपाल / दोलखा छेच्यु साँस्कृतिक महोत्सव २०७६

दोलखा छेच्यु साँस्कृतिक महोत्सव २०७६

छेच्यु साँस्कृतिक महोत्सव २०७६
नेपालयटाईम्स

छेच्यु साँस्कृतिक महोत्सव २०७६
छेच्यु साँस्कृतिक महोत्सव २०७६

दोलखा – छेच्यु पर्वको धार्मिक तथा साँस्कृतिक पक्षलाई उजागर एवं प्रचार प्रसार गर्ने उदेश्यका साथ दोलखा जिल्लाको पर्यटकीय नगरी जिरीको वडा नं. २ स्थित सुन्दर शेर्पा वस्ती यलुङ बौद्धटारमा ‘छेच्यु साँस्कृतिक महोत्सव २०७६’ आयोजना गरिने भएको छ ।
शेर्पाहरुको महाड चाड छेच्यु र भिजिट नेपाल २०२० को अवसर पारेर जिरी नगरपालिका र वडा नं. २ को मुख्य आयोजना तथा युवा सञ्जाल जिरी, सर्वखासा गुम्बा गुठी, चेर्दुङ युवा क्लव, बौद्धभुवनेश्वरी माविको सह आयोजनामा यहि फागुन २०, २१ र २२ गते तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ ।

स्थानीय भेषभुषा सहित साँस्कृतिक झाँकी प्रदशनी, धार्मिक तथा पौराणिक क्षमा नाच, छेक्युर नाँचको प्रर्दशनी तथा यलुङ आसपासका प्रमुख पर्यटकीय गन्तव्यहरुमा हाईकिङ तथा जिप सफारी महोत्सवका प्रमुख आकर्षणहरु रहनेछन् । भने छेक्युर नाचको महत्व र प्रचार प्रसार नजिकका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार हुने अपेक्षा आयोजकहरुले राखेका छन् ।

कार्यक्रम समापनसम्मको प्रस्तावित कुल रु. १०,८५,०००।– मात्र (अक्षरमा दस लाख पचासी हजार रुपैया मात्र) खर्च हुने अनुमान आयोजकद्धारा गरिएको छ ।

छेच्यु को धार्मिक तथा ऐतिहासिक महत्व :

छेच्यु साँस्कृतिक महोत्सव २०७६
छेच्यु साँस्कृतिक महोत्सव २०७६

पौराणिक कथन अनुसार गुरु पद्यंसंभवले धनकोषाको सागरमा कमलको फुलमा रुप धारण गर्नुभएको समयदेखि अहिलेसम्म प्रत्येक महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन विभिन्न अष्ट रुप धारण गर्नुभई संसारमा सम्पुर्ण प्राणीहरुको हितको लागि आशिर्वाद र प्राणी उद्धारका लागि अदृष्य रुपमा संसार परिक्रमा गर्न पाल्नुहुन्छ भन्ने शास्त्रमा उल्लेख भए बमोजिम त्यसै दिन उहाँको स्वागतार्थ र उहाँबाट आर्शिबाद र सम्पुर्ण प्राणीहरुले मोक्ष प्राप्ती गर्न सकोस भन्ने हेतुले धुमधाम संग पुजापाठ गर्ने गरिन्छ साथै संसारमा विभिन्न वाधा व्यवधानहरु र रोग कष्टहरु नआउन र यदि आएतापनि सिघ्र हटोस भनी गुरु पद्यंसभंवको अष्टरुपी मखुण्डो लगाएर क्षाम (नृत्य) गर्ने गरिन्छ र त्यसै रुपलाई साक्षात गुरुको रुपमा विश्वासका साथ प्राथना गर्ने गरिन्छ । यद्यपी यस पुजालाई प्रत्येक महिनाको दशमी तिथिमा भव्य र धुमधाम संग मनाउन समस्या हुने हुँदा वर्षमा एकपटक समय अनुकुल मिलाएर गर्ने क्रममा यस यलुङमा चाहि प्रत्येक वर्षको फागुन शुक्लपक्षको दशमी तिथिको दिन भव्य र धुमधाम रुपमा छेच्यु पुजा गर्ने परम्परा रहदै आएको छ ।

NEPALAYATIME TELEVISION

छेच्यु पर्व शेर्पा समुदायले विभिन्न स्थानहरुमा पुजापाठ गरि मनाउने गरिएको भएतापनि जिरी नगरपालिका वडा नं. २ यलुङमा चाहि वर्षेनी फागुन महिनाको दसमी तिथिको अवसर पारेर लगातार तिन दिन सम्म मनाईन्छ । पहिलो दिन धार्मिक पुजापाठ, दोश्रो दिन दिउँसो क्षाम नाच र बेलुका छेक्युर नाच प्रदसनी हुन्छ । यस नाचमा करिव १०० जना भन्दा वढी तालिम प्राप्त लामाहरुद्धारा क्षाम नाच, छेकुर नाच जस्ता पौराणिक प्रस्तुति र पुजापाठ हुने गर्दछ । तेश्रो दिन पुजापाठ र लामा धर्मगुरुबाट छेवाङ (प्रशाद) वितरण हुन्छ ।

POPULAR TREKKING AREAS

Check Also

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा रासस/नेपालयटाईम्स काठमाडौँ, असोज ६ गते । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *