अन्नपुर्ण क्षेत्रमा हिउँपहिरो, नेपाली श्रमिक सहित केही विदेशी नागरिक सम्पर्क बिहिन
-नेपालयटाईम्स

पोखरा – लगातारको बर्षा सँगै हिउ बढेपछि अन्नपुर्ण क्याम्प क्षेत्रमा अाएको हिउ पहिरोमा परि नेपाली श्रमिक सहित र केही विदेशी नागरिक सम्पर्क बिहिन भएको खबर अाएको छ । अन्नपुर्ण बेसक्याम्पको देउरालीमा हिम पहिरोले केही नेपाली र केही विदेशी नागरिक हराईरहेका हुन । खराब मौसमका बीचपनि उनिहरु बेसक्याम्प लागेको बताइएको छ ।
यद्यपी कतिजना हराईरहका छन भन्ने एकिन भईसकेको छैन । युनिट्राभ पोखराका अध्यक्ष बिजय केसि ले दिएको जानाकारी अनुसार ३ नेपाली, ४ कोरियन तथा 2 चाईनिज पर्यटक रहेको हुनसक्ने र आफु सहित पोखरा टानको टिम त्यस तर्फ लागेको उनले जानाकारी दिए ।
पोखराको टान, युनिट्राभ पोखरा, युनिट्राभ केन्द्रबाट पनि उद्धारको प्रयास भईरहेको युनिट्राभ केन्द्रका केन्द्रिय अध्यक्ष सुमन पराजुलीले नेपालयटाईम्सलाई बताए । मौसम खराव छ भन्दा भन्दै उनिहरु त्यसतर्फ लागेका थिए । अहिले पनि हिँउ परिरहेको छ, पोखराका साथिहरु त्यस तर्फ लाग्नु भएको छ उनले भने ।