Monday , January 25 2021
Breaking News
Home / स्वास्थ्य / खाली पेटमा भूलेर पनि नखानुस यि ७ चिज

खाली पेटमा भूलेर पनि नखानुस यि ७ चिज

खाली पेटमा भूलेर पनि नखानुस यि ७ चिज
– नेपालयटाईम्स

खाली पेटमा भूलेर पनि नखानुस यि ७ चिज
खाली पेटमा भूलेर पनि नखानुस यि ७ चिज

काठमाडाैं – खानेकुरा खानेमात्र भनेर हुदैन यसलाई कसरी र कहिले खाने भन्ने कुरा जान्न्नु आवश्य छ । कुनैपनि कुरा हामीले आवश्यकता भन्दा बढी र कुबेलामा खानु हुदैन । यसरी बिचार नगरी खाएको खाना विष समान हुन्छ । केही खानेकुराहरुले मानिसको शरिर अनुसार पनि असर गरिरहेको हुन्छ ।

कसैको शरिर गरम कुराहरु नसहने खालको हुन्छ भने कसैको शरिर सर्दि कुराहरु नसहने खालको हुन्छ । कसैलाइ राती सुत्ने बेलामा दही खाएर सुत्दा पनि केही असर गर्दैन भने कसैलाइ बिसन्चो गर्दछ । केही यस्ता चिजहरु छन जसलाई खाली पेटमा खायो भने पेटमा खराबीमात्रै होइन, स्वास्थ्यसम्बन्धी अन्य समस्याहरु पनि देखापर्दछन । जान्नको लागि हेर्नुहोस खाली पेटमा खान नहुने ७ चिजहरु :

१.केरा : नियमीत रुपमा केरा दूधसँग खायो भने वजन बढ्छ । तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुईगुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच हुने, पेट फुल्ने तथा एसिडको समस्या बढ्ने आदि हुन्छ । तसर्थ केरा खाली पेटमा नखानु नै बेस ।

२.सखरखण्ड : सखरखण्ड खानमा निकै मिठो किन नहोस, तर यो खाली पेटमा खाँदा यसले शरिरलाई कति पनि फाईदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । खाली पेटमा यसको सेवनले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।

WATCH VIDEO

३.काँचो गोलभेंडा : काँचो गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा भने खानु हुँदैन ।। किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रो इंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसका कारण पेट दुख्ने, फुल्ने तथा छाती पोल्ने जस्ता समस्या उत्पन्न देखापर्दछ । खाली पेटमा गोलभेंडा खाँदा पत्थरीको खतरा पनि दुईगुणा बढ्दछ ।

४.सोडा : सामान्यतया एसिडिीटी बढेको बेला हामी सोडा खाने गर्दछौ । हाम्रो शरिरमा ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । तर हामीले खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाती र आँतमा पनि जलन हुनसक्छ ।

५.प्राय औषधीहरु : केहीलाई छोडेर प्राय ओषधी खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्तहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँगको सल्लाहबाट मात्र सेवन गर्नुहोस । यसका लागि आफुखुशी औषधी सेवन गर्ने बानी त्याग्नुहोस ।

६.अल्कोहल : पहिलो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाईकन रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।

७.दूध हालेको चिया : बिहान उठेर चिया पिउनु त नेपालीको संस्कार नै भइसक्यो । तर, तपाईं एकाबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै मन लागेमा दूध नहालेको कालो चिया पिउनु बेस हुन्छ ।

READ MORE . . . .. .

MOST LIKED TREKKING ROUTE

POPULAR TREKKING AREAS

Check Also

कोमलमाया खड्ग बस्नेत स्मृति कपको पुरस्कार कांग्रेस सभापति देउवाबाट वितरण

पुस २८, नेपाली काँगे्रसको खेलकुद विभागदारा आयोजित कोमलमाया खडग बस्नेत स्मृतिमा मंगलबार मेलम्ची नगरपालिका र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *