१ सय ९० राष्ट्र सहभागी सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रचार
– नेपालयटाईम्स

स्पेन, २०७६ मंसिर २५ । स्पेनको राजधानी म्याड्डिमा भइरहेको संयुक्त राष्ट्संघीय जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप २५) मा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ ।
सम्मेलनमा भाग लिन आएका एकसय ९३ देशका प्रतिनिधीबीच नेपाल चिनाउने विभिन्न सामाग्री, भिडियो, पोष्टर, पोष्टकार्ड मार्फत नेपालका पर्यटन प्रवर्द्धन गरिएको हो । सम्मेलनमा भाग लिन विश्वभरीबाट करिव ३० हजार सहभागी म्याड्डिमा जम्मा भएका छन् । यो सम्मेलन जलवायु परिवर्तनसम्बन्धी मुद्दामा छलफल गर्ने संयुक्त राष्टसंघको एउटैमात्र आधिकारिक र ठूलो सम्मेलन हो ।
सोही अवसरमा सम्मेलनमै सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधीहरूबीच स्पेनका लागि नेपाली दूताबास र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको संयुक्त आयोजनामा छुट्टै छलफल कार्यक्रमसमेत आयोजना गरिएको छ । कार्यक्रममा नेपालकाे तर्फबाट वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, राजदूत दावाफूटी शेर्पा, योजना आयोगका सदस्य डा. केपी ओलीलगायतको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपाल घुम्ने देशहरूको सबैभन्दा माथिको सूचीमा भएकोले सबैलाई त्यहाँको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सुन्दरता हेर्न नेपाल आउनका लागि आग्रह गरे । उनले नेपालले विश्वलाई देखाउने धेरै चमत्कारिक परिवर्तन गरेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धन अहिलेको प्रमुख प्राथमिकताको कार्यक्रम रहेको बताए । उनले नेपाल घुम्नका लागि आउन र यसको प्रचारका लागि विश्वभरीका सहभागीलाई नेपाललाई सघाइदिनका लागि आग्रह गरे ।

राजदूत शेर्पाले नेपाल घुम्न आउने पर्यटकलाई स्वागत गर्न नेपाली समुदाय सधै आतुर रहने बताउदै भ्रमण वर्ष २०२० मा सरकारले तथा नीजि क्षेत्रलेसमेत विभिन्न अफर ल्याएको जानकारी दिइन् । उनले स्पेन लगायतका देशहरुबाट नेपाल घुम्न जाने पर्यटहरुको संख्या उल्लेख्य रहेको बताउदै सबैलाई नेपालको प्रचार प्रसार गरी आर्थिक सम्बृद्धिमा योगदान गर्न सहयोगको अपेक्षासमेत गरिन् ।
कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का सञ्चार तथा प्रवद्र्धन संयोजक पिताम्बर सिग्देलले २०२० का लागि तय गरिएका आकर्षक कार्यक्रम (लाइफ टाइम एक्पिरियन्स) को जानकारी दिए। उनले नेपालको बहुपक्षीय सुन्दरता तथा नेपालीहरूको आतिथ्यता अनुभूति गर्नका लागि भएपनि एक पटक नेपाल पुग्नै पर्ने बताउदै सबैलाई आह्वान गरे ।
READ MORE . . . .. .
- Best Trekking Season In Nepal: Visit Nepal Year 2020
- Rara National Park: Best Trekking Zone of Nepal
- Tsum Valley Trekking Known as a Sacred Pilgrimage Valley
- Mardi Himal Trekking: Right Destination for Festive Holiday
- Pattale Higher than Everest: Best Himalayan Tours
MOST LIKED TREKKING ROUTE
- Annapurna Base Camp Trek: Nepal Tourism
- Shey-Phoksundo National Park: A Unique Trans-Himalayan ecosystem
- Visit Nepal Year 2020: Why should you visit Nepal in 2019?
- 10 Popular Destinations in Western Part of Nepal Is Nepal Safe To Travel In This Year?
POPULAR TREKKING AREAS
- Dhampus Australian Camp Trek: Glorious Himalayan Viewpoint Trek
- Kailash Manasarovar, Sacred Place: Don’t Miss to Visit This Year
- Khaptad National Park: Best Land for Eco-Tourism
- Sagarmatha National Park: UNESCO World Heritage site of Nepal
- Shivapuri Nagarjun National Park: Easily Accessible From Kathmandu
- How can you get Tourist Visa for Nepal? Process is Here
- 10 Domestic Travel Destinations: Where you can make your trip in this Season