Friday , September 18 2020
Breaking News
Home / बिजनेस / यःमरी पुर्णिमाको अवसरमा यःमरी फुड फेस्टिवल आयोजना गरिने

यःमरी पुर्णिमाको अवसरमा यःमरी फुड फेस्टिवल आयोजना गरिने

यःमरी पुर्णिमाको अवसरमा यःमरी फुड फेस्टिवल आयोजना गरिने
– नेपालयटाईम्स

यःमरी पुर्णिमाको अवसरमा यःमरी फुड फेस्टिवल आयोजना गरिने
यःमरी पुर्णिमाको अवसर यःमरी फुड फेस्टिवल आयोजना गरिने

काठमाण्डौं काठमाण्डौ उपत्यका लगायतका नेवारी समुदायमा प्रचलित यःमरी पुर्णिमाको अवसर पारेर यःमरी पुन्ही फुड फेस्टिवल आयोजना गरिने भएको छ ।

नेवारी समुदायमा बिशेष परिकारको रुपमा मानिने यःमरी को संरक्षण र प्रबद्र्धन गर्ने उदेश्यका साथ काठमाण्डौ स्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर, केल टोल जनवहाल– असनमा मंसिर २१ गते फुड फेस्टिवल आयोजना गर्न लागिएको हो ।

नेवार समुदायमा शताब्दीको इतिहास रहेको यस परिकार यःमरीका बिभिन्न स्वादहरुको उपलब्धता गराउने गरी पर्यटन बिधा अध्यायनरत बिधार्थीहरुको समुह, पर्यटन बिद्यार्थी मञ्च–नेपालले १ दिने यःमरी पुन्ही फेस्टिवल ११४० को आयोजना गर्न लागेको हो ।

पछिल्लो समय नेवार समुदायमा मौलिक पहिचान बनाएका नेवारी परिकारहरु लोप हुदै गएकोले यसलाई जर्गेना गर्न र नयाँ पुस्ताहरुलाई स्वाद चखाउन आफुहरुले यमरी पुन्ही फेस्टिवल ११४० को आयोजना गर्न लागेको पर्यटन बिद्यार्थी मञ्च–नेपालका अध्यक्ष अभिषेक अर्यालले नेपालयटाईम्ससँग बताए ।

WATCH VIDEO

शताब्दी इतिहास बोकेको यःमरी तथा नेवारी पहिचान बोकेका परिकारको संरक्षण, तथा त्यसको महत्व नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने उदेश्यले फुड फेस्टिवल गर्न लागिएको कार्यक्रम संयोजक एबम मञ्चका सचिव बिजिता शाक्यले बताईन ।

काठमाण्डौ स्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर, केल टोल जनवहाल– असनमा मंसिर २१ गते शनिबार बिहान ११ बजे देखि ६ बजेसम्म चल्ने कार्यक्रममा बिदेशी सहभागीहरुलाई यमरी बनाउन समेत सिकाईने जानकारी आयोजकले दिएको छ । कार्यक्रमलाई पर्यटनसंग आबद्ध बिभिन्न संघ सस्थाहरुले सहयोग र सहकार्य गरेका छन ।

READ MORE . . . .. .

MOST LIKED TREKKING ROUTE

POPULAR TREKKING AREAS

Check Also

पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ: व्यवसायी

पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ: व्यवसायी

पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ: व्यवसायी – नेपालयटाईम्स काठमाडौँ – कोभिड–१९ महामारी नियन्त्रणका लागि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *