
यीनै हुन् गगन जो विद्यालय हिँडेको पाँच मिनेटमा डोजरको सिकार बने!
Posted in समाचार
मुसिकोट नगरपालिका २ का १४ वर्षीया गगन रायमाझीले झोला बोकेर घरबाट विद्यालय निस्किएको पाँच मिनेट नहुँदै डोजरले फालेको ढुंगाले लागेर ज्या’न गुमाए ।
उनी मुसिकोट नगरपालिका ३ को पृथ्वी माविमा कक्षा ९ मा पढ्थे । घ’टना सुनेर आमा कल्पना रायमाझी अझै मूर्छित छन् । हुर्केको एक्लो छोरा गुमाउँदा बुबा हरिबहादुर रायमाझीका आँखा ओभाएका छैनन् ।
सिंगो विद्यालय शोकमा छ । शुक्रबार गगनको शोकमा पृथ्वी माध्यमिक विद्यालय बन्द गरियो ।‘गगनको चन्चलता सम्झिएर विद्यालय बस्नै सकिएन । ठूलो सम्भावना भएको साथी गुमाएका छौँ,’गगनका साथी निशान्त घिमिरेले भने,‘परिवारमा अझै कति पीडा भएको होला ।
गगन सधैँ साथीहरूसँग विद्यालय हिँड्थे । बिहीबार पनि साथीहरूसँग नै थिए । तर, अरूभन्दा केही अगाडि । एक्कासि डोजरले पल्टाएको ढुंगाले गगनलाई लाग्यो । उनी अचेत भएर सडकमा पल्टिए ।
साथीहरूले केही पर भएकी पृथ्वी माविकी शिक्षिका सम्झ