
स्यानिटरी प्याडको भन्सारमा भारी कटौती
Posted in समाचार
१५ जेठ, काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ । आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले यस्तो भन्सार शुल्क ९० प्रतिशतले घटाइएको जानकारी दिए ।
चालु आर्थिक वर्षसम्म महिलाहरु महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो । यस्तै नेपालमै स्यानिटरी प्याड उद्योग खोल्न चाहने कम्पनीलाई ७ बर्षसम्म आयकरमा छुट, कच्चापदार्थ आयातमा सहुलियत दिने अर्थमन्त्री शर्माले घोषणा गरेका छन् ।
स्यानिटरी प्याड महंगो हुँदा निम्नबर्गिय महिलाहरुले खर्च धान्न नसकी प्याड प्रयोग गर्न नसकेको ठम्याइसहित सरकारले कर छुटको नीति लिएको हो ।
भर्खरै सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो स्थानीय निर्वाचन–२०७९ ले लोकतान्त्रिक पद्धतिको निरन्तरता र संस्थागत विकास प्रक्रियामा अतुलनीय योगदान त गर्यो नै,