सोमबार , साउन २३, २०७९

सिन्धुपाल्चोकमा माइत हिडेकी गोमा र छोराको भी’रबाट लडे’र ज्या’न गयो

साउन १०, २०७९ मंगलबार 11

सिन्धुपाल्चोकमा माइत हिँडेकी एक महिला र एक बालकको भीरबाट ल’डेर ज्या’न गएको छ ।

चौतारा साँगाचोकगढी सानोसिरुबारी घर भएकी गोमा धिताल मेलम्ची ११ बस्ने बहिनीका छोरा विशेष चालिसेलाई लिएर भोटसिपामा रहेको माइत जाँदै गर्दा भी’रबाट ल’डेका हुन् ।

उनीहरू इन्द्रावती गाउँपालिका कोइरालाटारको भी’रबाट खसेर इन्द्रवाती नदीमा खसेको प्रहरीले जनाएको छ । उनीहरूको शव बाहुनेपाटीस्थित इन्द्रावतीको बगरमा फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

यस्तै,पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा बिहान सवा ११ बजे ग १ ज ७८५१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरीले जनाएको छ।

जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट फुत्किएर नालीमा धसारिएको छ।

प्रतिकृया दिनुहोस्