सोमबार , साउन २३, २०७९

नयाँ बसपार्कस्थित गेष्ट हाउसमा १८ वर्षीया किशोरी बला’त्कृत

साउन ९, २०७९ सोमबार 29

काठमाडौंमा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ

राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।काठमाडौंको तिनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

घर भाडामा लिएर कल सेन्टरको आवरणमा साइबर अपराध गरेको आशंकामा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । कल सेन्टरबाट ल्यापटप बरामद गर्ने र मुचुल्का बनाउने काम भइरहेको एसपी मैनालीले जानकारी दिए ।

आइतबार बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा पनि छापा मारेको थियो ।यसअघि काठमाडौंको बानेश्वर, सामाखुसी र भक्तपुरमा पनि प्रहरीले छापा मारेर चिनियाँ र त्यहाँ कार्यरत

नेपाली कामदारलाई पक्राउ गरे मुद्दा चलाउँदै आएको छ । २०७६ पुस ७ मा काठमाडौंको महाराजगञ्ज लगायतका ठाउँबाट १२२ जना नेपालीलाई पक्रेर डिपोर्ट गरिएको थियो ।

प्रतिकृया दिनुहोस्