सोमबार , साउन २३, २०७९

भक्तपुरमा रूख ढल्दा किचिए बस र स्कुटर, १५ जना घा’इते

साउन ८, २०७९ आइतबार 39

भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन्।सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर

भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी द
भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन्।सल्लाघारीस्थित

इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी

घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ। केही घाइतेहरूको अवस्था गम्भीर छ।

घाइतेहरूलाई इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको छ।लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो।

बा ६१ प ३९७८ नम्बरको स्कुटर पनि कच्याककुचुक भएको छ। प्रहरी टोली अहिले घटनास्थलमै छ। अहिले क्रेनले रूख हटाउने काम गरिरहेको छ।

सेतोपाटी

प्रतिकृया दिनुहोस्