सोमबार , साउन २३, २०७९

बालाजुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृ”त्यु

साउन ८, २०७९ आइतबार 26

काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृ’त्यु भएको छ। नागार्जुन नगरपालिका-१

रानीवनका २८ वर्षीय रोमन थापा मगरको मृ’त्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार शनिबार दिउँसो बालाजुको गंगा हल सडक खण्डमा दुर्घ,टना भएको हो। तारकेश्वर यातायातको पैयुटारबाट रत्नपार्क चल्ने बा ५ ख २८७२ नम्बरको बसले बा ७० प ६१२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दु’र्घटना भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। उनको उपचारको क्रममा मृ’त्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। चालक गाडीसहित प्रहरी वृत्त बालाजुको नियन्त्रणमा लिएको जनाएको छ।

सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको ह त्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ ।

शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको ह त्या गरी धान खेतमा गाडेको अवस्थमा श’व फेला परेको हो ।महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा

माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

ह त्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्