सोमबार , साउन २३, २०७९

इनारमा ४५ वर्षीय पुरुषको श’व फेला

साउन ७, २०७९ शनिबार 29

सिरहाको गोल बजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको श’व फेला परेको छ। उक्त श’व गोलबजार नगरपालिक–९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको भएको स्थानीयवासीले बताएका छन् ।

पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छशनिबार बिहान उनको गञ्जी चप्पल भेटिएको आधारमा इनारको पानी फालिएको थियो । यही क्रममा श’व पनि देखिएको हो । प्रहरी र सेनाले इनारबाट श’व निकालेको छ ।

इनारमा अक्सिजनको मात्रा कम भएकाले आफूहरुले नसकेपछि जनकपुरबाट आएको टोलीले श’व निकालेको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक राजु केसीले बताए । शव पोष्टमार्टमका लागि लहान पठाउने तयारी गरिएको छ ।

राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तीलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही स्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ ।

बर्सेनि कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो । भन्सार कार्यालयको तथ्याङ्कले सबैभन्दा बढी असोजमा रु ५७ लाख ९६ हजार र सबैभन्दा कम चैतमा रु १९ लाख १५ हजार राजस्व सङ्कलन भएको देखाएको छ

रातोपाटी

प्रतिकृया दिनुहोस्