सोमबार , साउन २३, २०७९

पोखरामा फिल्मी शैलीमा एटिएम मेसिन फो’रेर चो’री..

साउन ५, २०७९ बिहिबार 42

कास्की, साउन ३ गते। पोखरामा एक बैंकको एटिएम मेसिन फो’रेर रु १५ लाख चो’री भएको छ।

पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फो’डेर गएराति रकम चो’री भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घ’टनाको अनुसन्धान भइरहेको र चो’री गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिनुभयो। उहाँले हालसम्म घट’नामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्रा’उ नगरिएको बताउनुभयो।

चो’रले मेसिन फो’डेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फा’लेको थियो। बैंकले अघिल्लो दिन एटिएममा १७ लाख राखेकामा

रु दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चो’री भएको बताइन्छ। पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फो’रेर रकम चोरी गर्ने घट’ना बढेका छन्।

गत असार ३१ गते राति पोखरा-९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घट’ना भएको दुई दिनपछि प’क्राउ गरेको थियो।

रासस

प्रतिकृया दिनुहोस्