सोमबार , साउन २३, २०७९

मापसे गरेका वडा सदस्यको गाडीले ठ’क्कर दिँदा सैनिकको मृ’त्यु

साउन ४, २०७९ बुधबार 34

भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठ’क्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ।

मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नंको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नंको मोटरसाइकललाई ठ’क्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार गाडीको ठ’क्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहुँको व्यास नगरपालिका–१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृ’त्यु भएको हो।

उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृ’त्यु भएको प्रहरीले जनाएको छ।कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन्।

वडा सदस्य गुरुङले मा’दक पदार्थ से’वन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए। पक्राउ परेका गुरुङ हालै मात्रै नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन्।(अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ )

यस्तै / जनकपुरधाम । सप्तरीमा स्कुटी दु’र्घटना हुँदा एकजना स्वास्थ्यकर्मीको मृ’त्यु भएको छ ।बलान बिहुल गाउँपालिका

वडा नम्बर ६ रौतहटस्थित स्वास्थ्य चौकीमा कार्यरत सप्तरीकै शम्भुनाथ नगरपालिका १० बस्ने अहेब राजकुमारी साहको स्कुटी दु’र्घटनामा मृ’त्यु भएको हो ।

पत्थरगाडाबाट मधेश प्रदेश –०१–००४ प ३३४७ नं. को स्कुटी चलाएर राजरिवाजतर्फ आउँदै गरेकी ३० बर्षीया साह हुलाकी राजमार्ग अन्तर्गत राजगढ गाउँपालिका ५ मलेकपुरमा दु’र्घटनामा परेकी थिइन् ।

तत्कालै उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएकोमा थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्‍याए लगत्तै उनको मृ’त्यु भएको सप्तरी

प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।उक्त दु’र्घटना सम्बन्धमा थप अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्