सोमबार , साउन २३, २०७९

पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृ’त्यु

साउन १, २०७९ आइतबार 36

पर्वतका एक निर्वाचित जनप्रतिनिधिको करेन्ट लागेर मृ’त्यु भएको छ ।

जिल्लाको बिहादी गाउँपालिका १ का वडा सदस्य दिपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागि घटनास्थलमै मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

मृ’तकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको छ ।

गुरुङ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

भक्तपुरमा एक वृद्ध जलेको अवस्थामा मृत फेला परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईँ तलामा मृतावस्थामा फेला परेका हुन् ।

सबै जनाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको अस्पतालले जनाएकाे छ । बिहीबार अत्यधिक ज्वरो आएपछि कोशी अस्पतालमा भर्ना गरिएका १९ जना कैदीबन्दीमध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।

मृतको शव बुझेर आफन्तले लगिसकेका छन् । कारागारमा हाल १ हजार ८७ जना कैदी बन्दी रहेका छन् ।

प्रतिकृया दिनुहोस्