सोमबार , साउन २३, २०७९

चामलको भात खाने सपना बोकेर बेसी झर्दा बिल्लीबाठ भएका चेपाङ ‘सुख त अरूको भागमा मात्रै लेखेको रहेछ’

असार ३१, २०७९ शुक्रबार 55

बाँसले बारेर खरले छाएको सानो झुप्रोको आँगनमा नौ जना मान्छे छन्। उनीहरूमध्ये धेरैको आँगनमा कपडा छैन। आँगनको एक छेउमा रहेको चुल्होमा ढिडो ओडाल्दै छिन् लेकमाया चेपाङ।

सहर बस्नेका लागि अचेल ढिडो राजसी खान्की जस्तो बन्दैछ। रेष्टुरेन्ट पुगेर ढिडो अर्डर गर्नेको जमात बढ्दै छ। तर लेकमायाको परिवारलाई ढिडोमा कुनै रस छैन। किनकि यही खान्की खाएर हुर्किए

चितवनको पहाडी गाउँ लोथर–सानथलीबाट एक वर्षअघि यो परिवार माडी झरेको थियो। पोको, पन्तुरो, बच्चाहरू च्यापेर माडी नगरपालिकाको शिवद्वार झर्दा

उनीहरूले धान रोपेर चामलको भात खाने र छोरा, छोरीलाई पढाउने सपना देखेका थिए। पहाडको पखेरोमा दुःख पाएको पूर्खाभन्दा अलग जीवन जिउने कल्पना गरेका थिए।

माडी झरेपछि छोराछोरी त जेनतेन सामुदायिक विद्यालय जान पाए, चामलको भात खाने उनीहरूको सपना भने अधुरै
‘गाउँको दुःखबाट भागेर बेसी झरियो तर यहाँ पनि सुख त कहाँ रहेछ र?,

’ लेकमायाले भनिन्, ‘गाउँमा त बरू कन्दमूल खोजेर खाइन्थ्यो यहाँ त त्यो उपाय पनि छैन। मजदुरी गरेर कमाएको पैसा छोरा, छोरीलाई कापी, किताब, स्कुलमा लगाउने कपडा किन्दैमा ठिक्क हुन्छ।’

चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षअघि माडीको कुसुमखोला गाउँका घर, टहराहरूमा आगो लगाइदिएपछि वर्षौंदेखि त्यहाँ बस्दै आएका मान्छे विभिन्न ठाउँका ऐलेनी जमिनमा पुगेर बसेका थिए।

गाउँबाट हटाएपछि माडी नगरपालिकाले सुकुम्बासी परिवारलाई जग्गा दिने र घर बनाइदिने निर्णय गरेको थियो।

कुसुमखोला बस्ती हटाइएको विषयमा ठूलो बहस भइरहँदा राजनीतिक दलका शीर्षस्त नेताहरूले पनि सुकुम्बासीलाई पुनर्स्थापना गर्ने आश्वासन दिएका थिए।

त्यही मौकामा जिल्लाका अन्य ठाउँका सुकुम्बासी चेपाङ पनि माडी पसे। शिवद्वारस्थित टुनामुना खोलाको किनारमा बस्न थाले। उनीहरूमध्येकै एक परिवार हो लेकमायाको परिवार।

‘सुकुम्बासी चेपाङलाई घर, जग्गा दिने रे भन्ने सुनेर झरेको, एक टुक्रा जग्गा त भेटाइयो,’ उनले भनिन्,‘तर खान, बस्न, बच्चाहरूलाई पढाउन साह्रै दुःख छ।’

यो परिवार पोहोर माडी झर्दा धान रोपेर सकिएको थियो। यसपालि धान रोप्न केही जमिन अधियाँमा लिएको लेकमायाले सुनाइन्।

तर खेतमा पानी लैजाने कुलोको व्यवस्था नभएको र बेलैमा पानी नपरेकाले असार सकिनलाग्दा पनि रोप्न नपाएको उनले सुनाइन्।

जालीमाया चेपाङको परिवार पनि धानकै लोभमा राप्ती नगरपालिकाको कोराकबाट दुई वर्षअघि माडी झरेको थियो।

एउटा खाट, कुनामा ओदान र केही भाँडा–वर्तन, कपडा रहेको झुप्रोभित्र एक बोरा धान पनि थियो।

वर्षा नहुँदा नयाँ धान रोप्न नपाएको समस्या त जालीमायालाई छँदैछ, वर्षा भइहाले भएको एकबोरा धानलाई कसरी जोगाउने भन्ने पिरलो पनि उत्तिकै छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा बनेको राम मन्दिर यो सुकुम्बासी बस्तीबाट करिब २ किलोमिटर पर पर्छ। सञ्जुमायाले माडीलाई मणि बनाउँछौं भन्नेहरूले सुकुम्बासीलाई भोट हाल्ने साधनमात्रै बनाएको बताइन्।

‘तिनलाई भोट त यसपालि पनि चाहिएला नि। यस्तै हो भने अब कसैलाई पनि भोट हाल्ने होइन,’ उनले भनिन्, ‘हामीलाई खान, बस्न, बच्चा बढाउन सहयोग गर अनि बल्ल भोट दिन्छौं

प्रतिकृया दिनुहोस्