सोमबार , साउन २३, २०७९

कोरियामा कार्यरत नेपालीको मेसिनमा टाउको च्या’पिएर नि’धन

असार ३१, २०७९ शुक्रबार 58

दक्षिण कोरिया, दक्षिण कोरियामा कार्यरत एक नेपालीको काम गर्ने क्रममा मेसिनले टाउको च्या’पिएर घट’नास्थलमै नि’धन भएको छ ।

बिहीबार काम गरिरहकै अवस्थामा दुर्घ’टना हुँदा मृ’त्यु भएको हो । ज्यान जानेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए ।

ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए ।फलाम का’ट्ने काम हुने कम्पनीमा पटक पटक दुर्घ’टना दोहोरिने गरे

पनि बोनस मनग्य पाइने लोभमा नेपाली कामदारले काम गरिरहेका राईले बताए । सोही कम्पनीमा दुर्घ’टनामा परि गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।

मृ’तक पाण्डेको श’व याङसान अस्पतालमा राखिएको छ । घट’नाका विषयमा नेपाली दूतावासलाई जानकारी गराईसकिएको र दूतावासले

परिवारलाई खबर गर्ने तथा अन्य कानुनी प्रकृया जारी रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्