सोमबार , साउन २३, २०७९

कामदार बस्ने घरभित्र सडेको श’व फेला..

असार २९, २०७९ बुधबार 33

विराटनगर महानगरपालिका-१३ स्थित हिमालय आँखा अस्पतालको उत्तर साइडमा रहेको एउटा घरभित्र मंगलबार दिउँसो स’डेको अवस्थामा पुरुषको श’व फेला परेको छ।

सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको घरभित्र अन्दाजी ४५-५० वर्षीय पुरुषको श’व भेटिएको हो। मृ’तकको पहिचान खुलेको छैन। श’व भेटिएको घरमा अरु कोही पनि नरहेको प्रहरीले जनाएको छ।

कि’रा परेको र सडेर दुर्ग’न्धित भएको अवस्थामा दिउँसो १२:४० बजेतिर श’व फेला परेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए।

उनका अनुसार सडेर नचि’निने अवस्थामा श’व भेटिएको छ। श’व पोस्टमा’र्टमका लागि विराटनगरको कोसी अस्पतालमा ल्याएर घट’नाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै मोरङको रंगेलीमा घुँगी टिप्न गएका एक पुरुषको खोलामा डुबेर दिउँसो मृ’त्यु भएको छ। रंगेली नगरपालिका-२ का २५ वर्षीय भीम राईको कट खोलामा डु’बेर दिउँसो २:३० बजेतिर मृ’त्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरबाट अन्दाजी ८ सय मिटर उत्तर-पूर्वमा रहेको खोलामा घुँगी टिप्ने क्रममा राई डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

श’व पो’स्टमार्टमका लागि रंगेली अस्पतालमा ल्याएर घट’नाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
अन्नपूर्ण पोष्ट

प्रतिकृया दिनुहोस्