सोमबार , साउन २३, २०७९

१५ वर्षीय विनोदलाई राजनिती गर्नेहरुले भि’रमा लगेर…

असार २८, २०७९ मंगलबार 66

असार २५, काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही ह’त्या आरो’पमा चारजना आरोपी पुर्पक्षका लागि जे’ल चलान भएका छन् ।

ह’त्याका संलग्न भएको आरोपमा स्थानिय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलका अनुसार तत्काल देखिएका प्रमाणका आधारमा उनीहरू चारजनालाई पुर्पक्षका लागि कारा’गारमा राखेर थप अनुसन्धान गर्न भनिएको छ ।

घट’नामा संलग्न रहेको भनिएका अन्य फ’रार ६ जनालाई खोजी गरेर जिल्ला अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिइएको पनि श्रेस्तेदार पौडेलले बताए । २१ जेठमा घर नजिकै मध्यपहाडी लोकमार्गको भिरमा मृ’त भेटिएका शाहीलाई गत वैशाख ३० गते सम्पन्न मतदानका बेला भएको

विवा’दलाई लिएर १७ जेठमा ह’त्या गरिएको भन्दै उनका आफन्तले पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउने र जिल्ला समन्वय समितिका उपप्रमुख दानमती शाहीसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा मेयर चलाउने, स्थानीय कांग्रेस नेता नेत्रबहादुर शाही र रामबहादुर शाही घट’नामा संलग्न रहेको कुनै पनि प्रमाण नभेटिएको भन्दै सरकारी वकिल कार्यालयले मु’द्दा नचलाउने निर्णय गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका वकिल कौशल ढुंगानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत अछाममा मु’द्दा दर्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस्