सोमबार , साउन २३, २०७९

बादल फाट्दा १६ जनाको मृ’त्यु, ४० जना बे’पत्ता

असार २८, २०७९ मंगलबार 56

नयाँ दिल्ली । भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाटिदा १६ जना तीर्थयात्रीको मृ’त्यु भएको छ भने ४० जना वेप’त्ता भएका छन् ।

भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घ’टनामा परेर बे’पत्ता भएकाहरुको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ ।

एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घट’नास्थलमा परिचालन गरिएको र हरा’एकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्दा”रमा कुनै कठि’नाइ नभएको बताएको छ ।

भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन् ।

चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन् ।अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

पानीको निकास तथा पहिरो प्रभा’वित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन् ।

प्रतिकृया दिनुहोस्