काठमाडौंको थानकोटमा टिपरभित्र किशोरीमाथि बला’त्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा गौरीशंखर गाउँपालिका-८ घर हुने ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
नेपाली रा १ ख २७३४ नम्बरको टिपर चालक हुन्। प्रहरी उपरीक्षक मैनालीका अनुसार घटना शुक्रबार राति १० बजेतिर भएको हो। चन्द्रागिरि
नगरपालिका-७ थानकोटस्थित नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरी बलात्कार गरेको आरोप नेपालीमाथि छ।
१७ वर्षीया ती किशोरी कलेज पढ्थिन्। काम पनि गर्थिन्। त्यस दिन उनी गाउँबाट सोही टिपर चढेर काठमाडौं आएकी थिइन्। तर थानकोट पुगेपछि चालक
नेपालीले ‘तेल सकियो हाल्न जाऊँ, पछि गौशाला पुर्याइदिन्छु’ भनेका थिए। किशोरी गौशालामा डेरा गरी बस्छिन्।
तेल हाल्ने बहानामा उनले थानकोटको डिपो जाने बाटोको छेउमा पार्किङ गरेका थिए। त्यहाँ उनले सहचालकलाई गाडीको टायर जाँच गर्नु भन्ने बहाना बनाएर
गाडीबाट पठाए। सहचालक बाहिर गएपछि चालक नेपालीले गाडीको ढोका बन्द गरी किशोरीमाथि बला’त्कार गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।
प्रतिकृया दिनुहोस्