सोमबार , साउन २३, २०७९

अस्ट्रेलियाको विद्यार्थी भिसामा कीर्ते कागजातको बढ्दो प्रयोग, भिसामा कडाइ!

असार २७, २०७९ सोमबार 37

विद्यार्थी भिसामा अष्ट्रेलिया आउने विद्यार्थीलाई अष्ट्रेलियन सरकारले कडाई गर्ने भएको छ।

अस्ट्रेलियन अध्यागमन विभागद्धारा भर्खरै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको हो।

गत जुलाइ ४ मा अस्ट्रेलियन सरकारद्धारा जारी गरिएको अध्यागमन सम्बन्धी नयाँ प्रतिवेदनमा नेपाली विद्यार्थीको भेट सेक्टरमा नक्कली

कागजातको बढ्दो प्रयोगलाई स्पष्ट रूपमा इंगित गर्दै यसप्रति अस्ट्रेलियन सरकारको गम्भीर चासो रहेको बताएको छ।

कोरोना कालपछि उर्लदो भेलसरह नेपाली विद्यार्थी अष्ट्रेलिया आए पनि अहिले ठ्याक्कै उल्टो अर्थात भिसा प्रतिशत निकै तल खस्किएको छ।

अध्यागमन सम्वन्धि सरकारको नयाँ प्रतिवेदनमा अष्ट्रेलिया पढ्न आउने विद्यार्थी गम्भीर नभएको र प्रोभाइडर समेतले उनीहरूलाई भर्ना प्रकृयामा गम्भीरता नदेखाएको उल्लेख गरेको छ।

शैक्षिक उद्योगीले विद्यार्थीलाई उनीहरूको योग्यता र दक्षता नाप्न भिडियो अन्तर्वार्ता लगायतका महत्वपूर्ण विषयमा समेत उदासिन रहेको प्रतिवेदनमा उल्लेख छ।

कोरोना महामारीपछि अस्ट्रेलियन बोर्डर खुलेसँगै नोभेम्बर २०२१ देखि २०२२ को मे अन्तिमसम्म १८ हजार ८ सय ८९ नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आएका छन्। यो अस्ट्रेलिया आउने अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा तेस्रो ठूलो संख्या हो।

अस्ट्रेलियाको शिक्षा ब्यापार हो। तर यहाँ आउने विद्यार्थी पढाइ छाडेर कमाउने काम तिर मात्र बढी लाग्न थालेपछि कयौं युवाशक्ति शैक्षिक अपचलनको शिकारसमेत हुने गरेका छन्।

राम्रो अंक ल्याएर डाक्टर र ईन्जिनियर पढ्ने सपना बोकेका विद्यार्थीलाई समेत कमिसनको चक्करमा लागेर शैक्षिक परामर्सदाताले गलत सल्लाह दिएर डिप्लोमा र एडभान्स डिप्लोमामा भर्ना गर्न प्रेरित गर्ने गरेका छन्।

नेपालमा आलु पसले र चटपटे बेच्ने पनि शैक्षिक परामर्शदाता बनेको भन्दै उनले नेपाल सरकारले सबैभन्दा पहिले यस विषयमा ध्यान दिनुपर्ने बताए।

मास्टर्समा पढ्न आउने चार महिना भएको छैन, सस्तोका नाममा डिप्लोमा खोज्दै हिँड्ने प्रवृत्तिप्रति पनि प्रतिवेदनले सचेत तुल्याएको छ।

अस्ट्रेलियाको शैक्षिक उद्योगको चलन पनि निकै गजब छ। नेपालबाट आउने विद्यार्थीका लागि त्यही कोर्ष गर्न १२ हजार डलर लाग्छ तर अस्ट्रेलिया भित्रका विद्यार्थीले ६-७ हजार डलरमै उक्त कोर्ष गर्न पाउँछन्।

अर्थात अफसोर्स र अनसोर्सको भाकामा पचास प्रतिशत हेरफेर केका लागि र कुन उद्धेश्यका लागि हो? यसबारे कुनै उद्यमीले स्पष्ट पारेका छैनन्। न त कुनै कानुनी प्रावधाननै छ।

ब्याचलर अफ नर्सिङ पढ्न आएकी झापाकी सुनिता लामालाई एजेन्टले कुकुरीको डिप्लोमामा भर्ना गरिदिदाँ काम विशेषले नेपाल गएको बेलामा उनको भिसा रद्द भएको धेरै दिन भएको छैन।

प्रतिकृया दिनुहोस्