सोमबार , साउन २३, २०७९

काङ्ग्रेसबाट निर्वाचित महिला मेयर यस्तो अवस्थामा पक्रा’उ, केहि फरार

असार २०, २०७९ सोमबार 84

विनोद शाही ह’त्या प्रकरणमा किटानी जाहेरी परेको झन्डै १ महिना पुग्नै लाग्दा अछामको पञ्चदेव विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेले प्रहरीसामु आ’त्मसमर्पण गरेकी छिन ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले शनिबार साँझ मेयर चलाउने जिप्रका अछामसामु आत्मसमर्पण गरेको पुष्टि गरेका छन् । ‘उहाँ हिजो साँझ आफै प्रहरी कार्यालयमा उपस्थित हुनुभएको हो । हाम्रै नियन्त्रणमा हुनुहुन्छ ।’

डिएसपी नारायण डाँगीले भने- ‘ हामीले अनुसन्धान गरिरहेका छौं ।’ चलाउनेसंगै थप एक जनाले पनि आत्मसमर्पण गरे पनि प्रहरीले बिस्तृतमा जानकारी दिन मानेन् ।

घट’नामा संलग्न भएको आ’रोपमा प्रहरीले पहिलो चरणमा २ जना दोस्रो चरणमा ३ जना र तेस्रो चरणमा चलाउनेसहित २ जना गारी ७ जना प्रहरी नियन्त्रणमा छन् ।

अझै ६ जना भने फ’रार छन् । पञ्चदेव विनायक नगरपालिकावडा नम्बर ४ का विनोद शाहीको हत्यामा संलग्नता रहेको भन्दै परिवारले जेठ अन्तिम साता चलाउनेबिरुद्ध किटा’री जाहेरी दिएका थिए । प्रहरीले शाहीको ह’त्या प्रकरणमा चलाउनेबिरुद्ध किटा’नी जाहेरी दर्ता गरेसँगै परिवारले श’व बुझेका थिए।

मेयर चलाउनेको निर्देशनमै गत जेठ १७ गते राति गाउँमा प्रहरी पठाएर स्थानीयमाथि कुटपिट गरेको र सोही रातबाट १५ बर्षीय विनोद शाही बे’पत्ता भएकाे स्थानीयले बताउदै आएका छन् ।

जेठ २१ गते विनोदको श’व भेटिएको थियो । परिवारले मेयर चलाउनेकै योजनामा ह’त्या भएको भन्दै किटानी जाहेरी दिएका हुन् । तर, प्रहरीले सुरुमा जाहेरी दर्ता नगरेपछि केही दिनदेखि विनायकको अवस्था तना’वपूर्ण समेत बनेको थियो ।

स्रोतका अनुसार ह’त्या आ’रोपमा मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ। अम्बिकासँगै जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही र वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सर्जन शाहीलगायतलाई पनि किटान गरिएको छ।

जाहेरीमा मेयर चलाउने र स्थानीय नेत्र शाहीको योजना र निर्देशनमा विनोदको हत्या गरिएको र अरु संलग्न भएको दाबी गरिएको छ । स्थानीय बखत बहादुर शाहीले विनोदलाई जेठ १७ गते राति स्थानीय रामबहादुर शाहीको घरभित्र कुटेर ह’त्या गरिएको दा’बी गरेका छन् ।

ह’त्यापछि तीन दिनसम्म उक्त घरमा ताला लगाएर श’व राखिएको उनको भनाइ छ । तेस्रो दिनको राति शव लगेर भिरमा खसालेको पी’डित परिवारको आरो’प छ । त्यसैगरी प्रहरीमा दर्ता गरिएको जाहेरीमा किटान गरिएकाहरू वडा नम्बर

४ कुच्चीकै रामबहादुर शाही, नेत्र शाही, द्रोपती शाही, शान्ति शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, कर्णबहादुर शाही, देवेन्द्र शाही, अक्कल शाही र पृथ्वी शाही रहेको बताइएको छ ।

बैशाख ३० गते मतदानको क्रममा भएको विवादलाई लिएर जेठ १६ गते कुच्चीगाउँमा नेपाली काँग्रेस र नेकपा एमालेका युवाहरुबीच झ’गडा भएको थियो।

१७ गते मध्यरात प्रहरी गाउँमा पसेर लछारपछार गरेको थियो । त्यही रात विनोद बे’पत्ता भएका थिए ।

प्रतिकृया दिनुहोस्